back
NMB ad

विश्वव्यापी बढ्दो तापक्रमले खाद्य पदार्थको मूल्य बढाउने   

Kumari bank ad

पेरिस, ९ चैत : विश्वव्यापी बढ्दो तापक्रम र गर्मीको लहरका कारण भविष्यमा विश्वभर खाद्यान्नको मूल्य र समग्र मुद्रास्फीति थप बढ्ने अपेक्षा गरिएको वैज्ञानिक र युरोपेली केन्द्रीय बैंकले गरेको नयाँ शोधले बताएको छ ।

बिहीबार कम्युनिकेसन्स अर्थ एन्ड इन्भाइरोन्मेन्ट जर्नलमा प्रकाशित पेपरमा असर अलग अलग भए पनि हरेक स्थानमा विशेषगरी विकासोन्मुख मुलुकहरूमा यसको महसुस हुने बताइएको छ । लु, खडेरी र बाढीजस्ता चरम मौसम तीव्ररूपमा बढिरहँदा र जलवायु तापक्रम बढिरहँदा खेती र खाद्यान्न उत्पादनसहित अर्थतन्त्रका प्रमुख क्षेत्रमा असर परिरहेको छ ।

उक्त नयाँ अध्ययनका लागि पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके) र युरोपेली केन्द्रीय बैंकका शोधकर्ताहरूले सन् १९९६ र सन् २०२१ बीच एक सय २१ मुलुकका ऐतिहासिक मूल्य र मौसमी तथ्याङ्क लिएका थिए ।

उनीहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमबाट सन् २०३५ सम्म विश्वभर खाद्यान्नको मूल्य प्रत्येक वर्ष एक दशमलव ४९ र एक दशमलव ७९ प्रतिशत अङ्कको बीचमा बढ्ने प्रक्षेपण गरेका छन् । समग्र मुद्रास्फीतिमा भविष्यमा तापक्रम वृद्धि र गर्मीको चरम सीमाको प्रभाव सर्वोत्तम र सबैभन्दा खराब स्थिमिा शून्य दशमलव ७६ र शून्य दशमलव ९१ प्रतिशत अङ्कबीच हुनेछ ।

“उच्च तापक्रम विशेषगरी गर्मीमा वा उष्ण स्थानहरूमा मुख्यरूपमा खाद्यान्न मुद्रास्फीतिसहित समग्र मुद्रास्फीतिमा पनि मूल्य बढ्ने हामीले बलियो प्रमाण प्राप्त गरेका छौँ”, पिआइकेबाट रिपोर्ट गरिएक लेखकहरूमध्येका एक म्याक्सिमिलियन कोट्जले भन्नुभयो ।

उहाँका अनुसार पहिले नै तातो भएका क्षेत्रहरू विशेषगरी विश्वका गरिब र विकासोन्मुख क्षेत्रमा भविष्यमा तापक्रम वृद्धिबाट खाद्यान्न मूल्य र मुद्रास्फीतिमा प्रभाव सबैभन्दा धेरै महसुस गरिने छ ।

अध्ययनमा अफ्रिका दक्षिण अमेरिका सबैभन्दा धेरै प्रभावित महादेश बन्ने पाइएको छ । यद्यपि चरम जलवायु सीमाका कारण उत्तरी गोलार्ध उच्च मूल्यबाट नबच्ने कोट्जले बताउनुभयो ।

वि.सं.२०८० चैत ९ शुक्रवार २१:१६ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...