back
NMB ad

समयमै ख्याल गर्नुहोस्,रु ५०० र रु १००० को नोट नचल्ने घोषणासँगै नेपाली अर्थबजार प्रभावित हुँदै!

Kumari bank ad

काठमाडौं । भारतमा कात्तिक २३ गते मध्यरातदेखि रु ५०० र रु १००० को नोट नचल्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार ५०० र १००० को नोट भारतमा नचल्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले भ्रष्टाचार र कालो धनमा रोक लगाउनका लागि यो कदम उठाएको बताएका छन् । उनले एक हजार र पाँच सयका नोट भएका व्यक्तिहरुले ३० डिसेम्बरसम्म बैंकमा जम्मा गरी साट्न सक्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा एक विशेष सम्बोधन गर्दै भ्रष्टाचार र कालो धनमाथि लगाम लगाउनका लागि निर्णायक लडाईँ जरूरी रहेको बताए । यो घोषणापछि २३ गते मध्यरातिबाट ५०० र १००० का सबै पुराना नोट आम लेनदेनका लागि अमान्य मुद्रा मानिनेछ । प्रधानमन्त्री मोदीले यो निर्णयबाट मानिसहरुले आत्तिन जरुरी नरहेको पनि स्पष्ट पारेका छन् । भारतीय सरकारले यी नोटलाई बैंक र डाकघरमा जम्मा गराउने सुविधा दिइएको छ ।

मोदीले कालो धन र भ्रष्टाचारविरुद्धको सरकारको यो कदममा देशका सबै जनतालाई साथ दिन पनि अपिल गरेका छन् । मोदीले भने, ’भारतमा सवा लाख करोड रुपैयाँ भन्दा धेरै कालो धन रहेको छ । जससँग सघर्ष गर्न त्यति सजिलो छैन ।’

उनले भारतमा सम्पत्ति समेत ठूलो सौदाबाजीमा कालोधनको लेनदेन हुने गरेको बताएका छन् । पाँच सय र एक हजार रुपैयाँको नोटलाई साट्नका लागि भारत सरकारले सर्वसाधरणलाई ५० दिनको समय दिएको छ ।

भारतको यो कदमले नेपाली अर्थबजार पनि प्रभावित हु्ने भएको छ। नेपालको सीमाक्षेत्रका सहर बजारदेखि गाउँ तथा राजधानी काठमाडौंमा पनि भारतीय पाँच सय र हजारका नोट प्रयोग गर्ने गरिएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २४

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०७:३२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...