back
NMB ad

इटहरीमा भैँसी प्रतियोगिता   

Kumari bank ad

इनरुवा (सुनसरी), १२ चैत : सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ ।

बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो । भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता गरिएको आयोजक संस्थाका सचिव राजन धमलाले जानकारी दिनुभयो ।

इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनमा सुनसरी र मोरङमा भैँसीपालन गर्दै आएका किसानबीच प्रतिस्पर्धा गरिएको हो । दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव धमलाले जानकारी दिनुभयो । प्रतियोगितामा सुन्दरहरैँचाका ३० किसानका ५० भैँसी प्रतियोगितामा सहभागी गरिएका थिए ।

प्रतियोगितामा इटहरी उपमहानगरपालिका–३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ । त्यसैगरी सुन्दरहरैँचा–५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको धमलाले बताउनुभयो । त्यसैगरी सुन्दरहरैँचा–५ कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना पुरस्कार पाउन सफल भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव धमलाले जानकारी दिनुभयो ।

भैँसी प्रतियोगिताका निर्णायकमा भेटेरीनरी अस्पताल सुनसरीका प्रमुख कुमारसिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपक्षी शाखाका प्रमुख डा दुर्गाबहादुर श्रेष्ठ र इलारी संस्थाका कार्यक्रम संयोजक एकमणि नेपाल रहनुभएको थियो । भैँसीको स्वास्थ्य, रूप, जिउ डाल, जात, दूधको उत्पादनलगायत गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गर्नुभएको थियो ।

प्रतियोगिताका विजेता भैँसी धनी किसानलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम संयोजक धमलाले जानकारी दिनुभयो । पछिल्लो समय किसानले भैँसी पाल्न छाड्न थालेकाले यसको महत्व बुझाउन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिनुभयो । भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि बर्सेनि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताउनुभयो ।

विगतका वर्षभन्दा यस वर्ष किसानकै घरदैलोमा पुगेर प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ । दुग्ध उत्पादक सहकारी संस्थाले किसानबाट उत्पादन भएको दूध सङ्कलन, बिक्रीवितरण गर्दै आएको छ भने आवश्यक ऋणसहितको सुविधा दिँदै आएको व्यवस्थापक कोइरालाले बताउनुभयो ।

वि.सं.२०८० चैत १२ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...