back
NMB ad

श्रीलङ्काको केन्द्रीय बैङद्वारा ब्याज दर नियन्त्रण   

Kumari bank ad

कोलम्बो, १३ चैत : श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमश : ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

केन्द्रीय बैङ्कका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सिमामा कायम राख्ने प्रयास गरिएको छ । अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पु¥याउन आन्तरिक तथा वाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्याङ्कन पछि केन्द्रिय बैङ्कले सोमबार यस्तो निर्णय गरेको हो ।

यस्तो निर्णय गर्नुका पछाडि कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाब, र ब्याज दरलाई हेरिएको बैङ्कले जनाएको छ ।

आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रिय बैङ्कले अगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ ।

केन्द्रिय बैङ्कको बोर्डले न्युन ब्याज दर, कर्जा विस्तारमा सहजिकरण,वाञ्छित सीमा भित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको छ । बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलङ्काले सन् २०२२ मा ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको थियो भने सन् २०२३ मा पटक पटक दरहरू घटाएको थियो ।

वि.सं.२०८० चैत १३ मंगलवार १२:५९ मा प्रकाशित

You can share this post!

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:५१

दमौली (तनहुँ), ३१ वैशाख : निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा...

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:४५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा...

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए   

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:२७

तनहुँ, ३१ वैशाख : व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा...

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:०८

तनहुँ, ३१ वैशाख : जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १२:०३

काठमाडौँ, ३१ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...