back
NMB ad

९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजना सम्पन्न, राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल

Kumari bank ad

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिवार  राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल भएको छ । यस आयोजनाले आफ्नो विद्युत गृहको प्राडगणमा समुदघाटन समारोह आयोजना गरि स्थानियहरुको वाक्लो उपस्थितिमा सम्पन्न गरेको यस कार्यक्रममा कम्पनीका सम्पुर्ण संचालकहरुको उपस्थिमा भएको छ । पाचँथर तथा ताप्लेजुुङ् जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसनलाईनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाँउपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरण को अमरपुर सवस्टेशनमा जडान गरिएको छ ।

२०७८ साल श्रावण २३ गतेवाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनि गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पुुरा गरेको छ । यो आयोजना निर्माण सम्पन्न गर्नका  लागि जम्मा १९४ करोड लागत लागेको छ जसमध्ये संथापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र वाँकी ७० प्रतिशत नविल वैक लिमिटेडको एकल लगानी बाट सम्पन्न गरिएको छ । यो आयोजना याँङवारक गाँउपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावरहाउसमा पानि खसालि विद्युत उत्पादन गरिएको छ ।

आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावरहाउसको काम लटिनाथ कन्सट्रसन कम्पनी (प्रा) लिमिटेड र इन्टेक तथा पाईप एलाईनमेण्ट  मकालु डेभलपर्स लिमिटेडले गरेको हो भने आयोजनाको हाइड्रोमेकानिकलको  काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो । यस आयोजनामा जडित  इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरु यूरोपियन प्रविधिको छनौट गरी जेपट हाईड्रो अस्ट्रियाबाट खरिद गरिएको कुरा कम्पनीका कार्यकारी संचालकसतिस न्यौपानेले जानकनरी दिए ।

जेपट हाईड्रो अस्ट्रियावाट आयात गरिएको टर्वाइन  र गामेशा स्पेनवाट आयात गरिएको जेनेरेटर राखिएको छ भने कन्ट्रोल रुममा राखिएका प्यानलवोर्डहरु क्रोएसीयाको प्रो–इन्ट्रीगिस कम्पनीवाट आयात गरिएको  समेत न्यौपानेले जानकारी गराए । यो कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको वहुमत शेयर लगानी रहेको छ भने गुरु प्रसाद न्यौपानेको अगुवाईमा प्रवद्र्धन गरिएका न्यौपाने समूहको अगुवाईमा रहेका आयोजनाहरुको संख्या आ १६ पुगेका छन् । यो उत्पादित विद्युत अमरपुर सवस्टेशनमा जडान गरी आरपुर–दमक १३२ के.भि.ट्रान्समिसनलाईन मार्फत नेपाल अधिराज्यभर आपूर्ति भएको छ ।

वि.सं.२०८० चैत १३ मंगलवार १३:३५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...