back
NMB ad

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

Kumari bank ad

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा माधव प्रसाद उपाध्यायलाई नियुक्त गरेको छ । बैंकको चैत्र १४ गते बसेको सञ्चालक समितिको ३०४औं बैठकले यस विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकमा कार्यरत सीइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिने हुँदा बैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई उक्त जिम्मेवारी दिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

ढकालको कार्यकाल सकिन लागेसँगै कम्पनी सचिवको जिम्मेवारी समेत उपाध्यायले पाएका छन् ।व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न छन्।

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ५ अंकको वृद्धि

सेयर बजारमा ५ अंकको वृद्धि

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:११

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:३४

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्...

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:२१

मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट...

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:१३

काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर...