back
NMB ad

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरेका छन् ।

२०८० चैत्र १५ देखि २४ सम्म विराटनगरस्थित सहिद रंगशाला सञ्चालन हुन गई रहेको उक्त प्रतियोगितामा संकटा क्लब, नेपाल सशस्त्र प्रहरी बल, मोरङ–११, त्रिभुवन आर्मी क्लब, चर्च बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस, सुनसरी–११, भुटानबाट भुटान एफसी, भारतबाट दिल्ली एफसी, माने भञ्ज्याङ दार्जिलिङ, कोलकत्ता–११ र पञ्जाब पुलिस टिम सहभागी हुनेछन् । कोशी प्रदेशमा रहेका नव खेलाडीहरुलाई हौसला प्रदान गर्ने हेतुले आयोजना हुन गइरहेको यस प्रतियोगिताका बिजेताले नगद रु. ११ लाख, उपबिजेताले रु. ५ लाख ५० हजार लगायत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट गोलरक्षकलाई जनही रु. २१ हजार र उत्कृष्ट खेलाडीलाई रु. २१ हजार प्रदान गरिनेछ ।

नेपाली जनमानसको मन–मनमा विशेष स्थान ओगटेको फुटबल खेललाई थप उचाइमा पु¥याउन बैंकले गरेको यो सहकार्यले विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ । यस बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको अवस्थामा खेल जीवनमा समेत सो कुरा चरितार्थ हुँदै आएको छ । बैंकले यस्ता प्रतियोगिताहरूमा सहकार्य गरेर खेल जीवनलाई प्रवद्र्धन गर्ने मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लालाहित युवा खेलाडीहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने बैंकको नारालाई चरितार्थ गर्न समेत खेल क्षेत्रसँगको सहकार्यले ठोस टेवा दिने समेत बैंकको विश्वास रहेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३ मा प्रकाशित

You can share this post!

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:२१

मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट...

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:१३

काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर...

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:०७

बागमती, २७ वैशाख : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष...

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या   

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:५४

गोरखा, २७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु...

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:३२

किभ, २७ वैशाख : युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी...

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका   

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:१७

वासुदेव पौडेल गण्डकी, २७ वैशाखः कास्की जिल्लाभित्रका ऐतिहासिक एवम् धार्मिक...