back
NMB ad

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

Kumari bank ad

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबँेसी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीन गिरी र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुरको भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडी र मोटरसाइकल भन्सार छली तथा चोरीपैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी, भक्तपुरका विभिन्न स्थानमा गाडी र मोटरसाइकल भन्सार छली चोरीपैठारी गरी भारतबाट नेपाल ल्याई ड्राइभिङ सेन्टरमा प्रयोग गरेको पाइएकाले एक थान गाडी र दुई थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:११

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:३४

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्...

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:२१

मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट...

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:१३

काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर...

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:०७

बागमती, २७ वैशाख : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष...