back
NMB ad

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

Kumari bank ad

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने “ग्लोबल मनि विक” को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । “उज्वल भविष्यका लागि लगानी“ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत्र ५ गते नेपालगंज, चैत्र ६ गते कोहलपुर, चैत्र ७ गते धनगढी, चैत्र ८ गते महेन्द्रनगर बजार र कन्चन क्याम्पस गरी उपत्यका बाहिरका ५ स्थानमा कार्यक्रम संचालन गरिएको थियो ।

शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो । विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधी, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो । कार्यक्रमबाट ५०० जना सहभागीहरु लाभान्वित भएका थिए ।

नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले पुँजी बजारका असिमित संभावनाहरु तथा यसको बहु–आयामिक पक्षहरुको अध्ययन गरि नेपाली लगानीकर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अबसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...