back
NMB ad

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो   

Kumari bank ad

झापा ।  पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रु १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा रु १४ अर्ब ६२ करोड ४३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो ।

पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०/०८१ को आठ महिनामा रु चार अर्ब ८७ करोड ६९ लाख ९६ हजारको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ । आव २०७९/०८० को सोही अवधिमा रु पाँच अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो । गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८५ करोड ४८ लाख २१ हजार मूल्य बराबरको डिजेलको आयात घटेको छ ।पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ ।

वि.सं.२०८० चैत १८ आइतवार ०६:४९ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...