back
NMB ad

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छः प्रधानमन्त्री   

Kumari bank ad

काठमाडौँ, १८ चैतः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ ।

पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताउनुभयो ।

“पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्”, अध्यक्ष प्रचण्ड भन्नुभयो, “अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।” नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट पार्नुभयो ।

उहाँले आगामी आर्थिक वर्षदेखि रु तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताउनुभयो । आगामी आर्थिक वर्षमा मधेस प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मधेस प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न मैले निर्देशन दिएको छु, यस पटक मधेसमा नयाँ हुन्छ ।”

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो ।

“मिटरब्याजपीडितका समस्या समाधानतर्फ गएको छ, नागरिकतासम्बन्धी समस्या समाधान भएका छन् र भूटानी शरणार्थी एवं सुनकाण्डजस्ता विषयमा छानबिन गरी दोषीमाथि कारबाही गरिएको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । उहाँले सरकारको सकारात्मक अभियानलाई जनतासम्म लैजान पार्टीलाई निर्देशन दिनुभयो ।

वि.सं.२०८० चैत १८ आइतवार १६:४३ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...