back
NMB ad

सभापति देउवबाबाट कांग्रेस चल्न नसक्ने भन्दै रामचन्द्र पौडेल आक्रोसित !

Kumari bank ad

काभ्रे । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस बनेपा नगर समितिले बनेपामा आयोजना गरेको काँग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा उनले नेपाली काँग्रेसको आड र भरोसामा निर्माण भएको सरकारले नेपाली काँग्रेसको सल्लाह बिना काम गरिरहेको बताए ।

नेता पौडेलले भने–“सरकार सञ्चालनका लागि आचारसंहिताको निर्माण गर्नुपर्दथ्यो र कम्तीमा एउटा कार्यक्रम बनाएर अघि जानुपर्दथ्यो, तर नेतृत्वले ध्यान दिन सकेन । ”

नेतृत्वप्रति आक्रामकरुपमा प्रस्तुत भएका नेता पौडेलले  सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न नसकेको उल्लेख गर्दै जनतालाई उत्साहित बनाउने काम गर्न अझै बाँकी रहेको तर्क गरे ।

“म धेरै ठाउँमा एक्लै बोलिरहेको छु, म एक्लो वृहस्पति भएँ कि भन्ने चिन्ता पनि छ,” उनले पार्टी नेतृत्वको आलोचना गर्दै भने ।

नेता पौडेलले नेपाली काँग्रेस गाउँ र नगरस्तरका कार्यकर्ताबाट नै सञ्चालन हुने जिकिर गर्दै पार्टी सभापति शेरबहादुर देउवाबाट काँग्रेस चल्न नसक्ने बताए ।

पार्टी नेतृत्वमा कल्पनाशीलता चाहिन्छ, तर हाम्रो पार्टी नेतृत्वमा त्यस्तो देखिएन, उनको भनाइ थियो । स्थानीय तहको पुनःसंरचनामा जनताको भावनालाई समेट्न नखोजेको आरोप लगाउँदै नेता पौडेलले पुनःसंरचना आयोगले सङख्याको कुरा उठाएर बिथोलेको बताए ।

पुनःसंरचनाको विषयमा स्थानीय विकास अधिकारीले पार्टीसँग सल्लाह गरेर मात्रै आयोगमा सिफारिस गरेको जिकिर गर्दै उनले पूर्वाधार नभएको क्षेत्रमा लगानी गर्नेगरी पुनःसंरचना गर्ने विषय आफूहरुलाई अमान्य हुने बताए ।

प्रकाशित मितिः २०७३ कार्तिक २४

वि.सं.२०७३ कात्तिक २४ बुधवार १८:१६ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...