back
NMB ad

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अङ्क कायम गर्ने सहमति   

Kumari bank ad

काठमाडौँ, २५ चैतः न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल हुँदा उक्त सहमति भएको हो ।

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनुपर्ने यसअघिको प्रावधान रहँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएको हुँदा केही परिमार्जन गेर जानुपर्ने विषयमा सहमति भएको हो । आयोगले यसअघि लिएको परीक्षामा एकजना मात्र उत्तीर्ण हुनुभएको थियो ।

कानुन, न्याय तथा संसदीय ममिलामन्त्री पदम गिरीले परीक्षामा अधिकतम नम्बर ल्याउने नै प्रतिस्पर्धामा आउने भएको हुँदा न्यूनतम अङ्क ४० प्रतिशत राख्दा उपयुक्त हुने धारणा राख्नुभएको थियो । उक्त विषयमा समितिमा वृहत छलफल भएर सहमति भएको हो ।

समितिका सदस्यहरु महेश बर्तौला, जीवन परियारलगायतले परीक्षा प्रणाली र पाठ्यक्रममा सुधार गर्नुपर्ने र न्यायाधीशजस्तो विषयमा हल्कारुपमा लिन नहुने विषयमा सुझाव दिँदै न्यूनतम ४० प्रतिशत अङ्क राख्न सहमति जनाउनुभएको थियो ।

जिल्ला न्यायाधीशको परीक्षामा असाध्यै न्यून विद्यार्थी उत्तीर्ण भएपछि न्याय परिषद् सचिवको अध्यक्षतामा गठित पाठ्यक्रम परिमार्जन समितिले बनेको थियो । उक्त समिति सिफारिस २०८० सरोकारवाला विज्ञसहित समूहले पाठ्यक्रम परिमार्जन गरी न्याय सेवा आयोगलाई बुझाएर अनुमोदनसमेत भइसकेको छ । उक्त पाठ्यक्रम परीक्षण हुनै बाँकी छ ।
उक्त समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि चरणवद्धरुपमा छलफल भइरहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ताभित्रमा टुङ्ग््याउने तयारीमा छलफल अघि बढाउनुपर्ने बताइरहनुभएको छ । उक्त विधेयक विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्न ल्याएको एकीकृत विधेयक हो ।

वि.सं.२०८० चैत २५ आइतवार १६:३४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...