back
NMB ad

निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने   

Kumari bank ad

काठमाडौँ, ९ वैशाख : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिनुभयो ।

मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिनुहुँदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताउनुभयो । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको बताउनुभयो ।

जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौँ फर्किन लागेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज भोलि राति काठमाडौँ आइपुग्नेछ । जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उहाँले जिकिर गर्नुभयो ।

नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।

इयूको उडान प्रतिबन्ध हटाउन पहल

पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभो, “नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउनुपर्छ भन्ने हिसाबले मैले पद बहालीका क्रममा बोलेको थिए । त्यो कुरामा म अहिले पनि अडिग छु । सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेका छौँ, नेपालका जहाज संसारको आकाशमा निर्बाध रुपमा उड्न पाउनुपर्छ ।”

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयल र मातहत निकायबाट गरिनुपर्ने काम नियमित भइरहेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहनुभएका सचिव डा काफ्लेले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति निष्पक्ष र पारदर्शी हुने बताउनुभएको छ । उहाँले सिइओ छनौट समिति आफैँमा स्वतन्त्र भएकाले नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष ढङ्गले हुने दाबी गर्नुभयो ।

वि.सं.२०८१ वैशाख ९ आइतवार २०:५८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै   

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार १३:११

हिमाल लम्साल वीरगञ्ज (पर्सा), ९ : देशको सङ्घीय राजधानी काठमाडौँवासीले...

प्रभु बैंकका ग्राहकलाई होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा विशेष छुट

वि.सं.२०८१ जेठ ९ बुधवार १३:०६

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि...

नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ : मन्त्री हुसैन   

नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ : मन्त्री हुसैन   

वि.सं.२०८१ जेठ ९ बुधवार १२:१६

काठमाडौँ, ९ जेठ : बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री...

‘लू’ सम्बन्धी प्रतिकार्य योजना तयार   

‘लू’ सम्बन्धी प्रतिकार्य योजना तयार   

वि.सं.२०८१ जेठ ९ बुधवार १२:०८

काठमाडौँ, ९ जेठ : सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०८१ जेठ ९ बुधवार १२:०३

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:३५

काठमाडौँ, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट...