back
NMB ad

यो अवसर नछुटाउनुस्,दुई विकास बैंकको आकर्षक बोनससँगै भारी मात्रामा हकप्रद सेयर !

Kumari bank ad

काठमाडौ । सिद्धार्थ डेभलपमेन्ट बैंकले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसअघि नै २४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको बैंकले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीबाट ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
उक्त हकप्रद पारित गर्नका लागि बैंकले आगामी मंसिर २४ गते साधारणसभा बोलाएको छ । उक्त साधारणसभा प्रयोजनका लागि मंसिर ९ गतेदेखि २४ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने बैंकले जनाएको छ ।

हाल सिद्धार्थको चुक्तापुँजी एक अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैयाँ छ । २४ प्रतिशत बोनस सेयर जारी गरेपछि बैंकको पुँजी एक अर्ब ४१ करोड ९१ लाख ६७ हजार छ सय रुपैयाँ पुग्नेछ । उक्त पुँजीबाट ६० प्रतिशत हकप्रद सेयर जारी गर्दा बैंकको पुँजी दुई अर्ब २७ करोड छ लाख ६८ हजार दुई सय रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशनअनुसार सिद्धार्थले असार मसान्तसम्ममा चुक्तापुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्नेछ ।

यसैगरि सिन्धु विकास बैंकले आफ्ना सेयरधनीलाई १६.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको सातौँ साधारणसभाले यो लाभांश पारित गरेको छ ।
साधारणसभाले ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । बोनस सेयर र हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७३ मंसिर २

वि.सं.२०७३ मंसिर २ बिहीवार १३:४३ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...