back
NMB ad

ट्रम्प राष्ट्रपतिमा निर्वाचितभए संगै सर्वाधिक धनीबाट ३५ स्थान ब्याक !

Kumari bank ad

फोब्र्स म्यागजिनले व्यापारिक व्यक्तित्वका रुपमा खडा गरेको अमेरिकाका हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति करोडौंले खस्किएकोछ । सम्पत्तिमा घाटा आएसँगै उनी १२१औं सर्वाधिक धनी व्यक्तिबाट १५६औंमा झर्न पुगेका छन् ।

आफै बनेको र्यांकमा फोब्सले उनलाई ५औं नम्बरमा राखेको छ । ७० वर्षे ट्रम्पसँग अझै पनि ३ दशमलव ७ विलियन अमेरिकी डलर सम्पत्ति रहेकोछ ।

धेरैले भन्ने गर्छन् कि ट्रम्प आफै बनेका धनी हुन् तर यो भनाईको बिरोध गर्दै धेरैले उनलाई रियल स्टेटका व्यापारी उनका बाबुको कारण नै उनी अमेरिकाका धनीहरुको पंक्तिमा उभिन पुगेको बताउँछन् ।

सन् २०१५ मा मात्रै उनी प्रभावशाली व्यक्तित्वको लिस्टमा ७२औं नम्बरमा थिए ।

ट्रम्प आखिर कसरी धनी भए त ? ट्रम्पका पिता फ्रेडरिक ट्रम्प व्यापारमा रुचि राख्ने व्यक्ति थिए । समयसँगै उनले होटल व्यवसाय र रियल स्टेटको व्यापार गरे । यसले उनलाई सफलता दियो । जब उनको निधन भयो त्यतिबेला उनले ३ सय मिलियन डलर छाडेर गएका थिए । सन् १९६८ मा जब डोनाल्ड ट्रम्प मात्र २२ वर्षका थिए, त्यतिबेला नै उनले व्यापार व्यवसायमा हात हाले । तर आफ्नो बाबुले जे जोगाएका वा चलाएका थिए त्यसलाई संचालनमा मात्र गर्नुको साट्टो ट्रम्पले म्यानहाटन रियल स्टेटमा लगानी गरे । जुन कम्पनी पछि सन् १९८० मा गएर ट्रम्प अर्गनाइजेशनका रुपमा परिचित हुन पुग्यो ।

यसबाट आर्जन भएको पैसा उनले फुटबल टिम, ब्यूटी पेजेन्ट, टेलिभिजन कार्यक्रम र फेशन लाइन आदि किन्नमा खर्च गरे । जसले उनलाई चर्चासँगै पैसा पनि प्रशस्त कमाउने मौका दियो । उनले पछि ऋण लिएर उनले ठूलो लग्जरी होटल, अपार्टमेन्ट र क्यासिनोको निर्माण गरेका थिए ।

अहिले ट्रम्प आफूसँग १० विलियन डलर सम्पत्ति भएको बताउँछन् तर अर्थविद्हरु उनीसँग मात्र ३ दशमलव ५ विलियन डलर सम्पत्ति रहेको बताइरहेका छन् । फोब्र्सले पनि यही आँकडालाई मान्यता दिएको छ ।

एजेन्सीको सहयोगमा

२ मंसिर २०७३, ७ : ३० 

वि.सं.२०७३ मंसिर २ बिहीवार १९:१५ मा प्रकाशित

You can share this post!

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...