back
NMB ad

भारतको केरलामा सवारी दुर्घटनामा परेका चार नेपाली बेपत्ता

Kumari bank ad

प्यूठान। भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा बिहीबार नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् ।

एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो । त्यस बसमा आठ नेपाली र सवारीचालक परेको दुर्घटनास्थलमा पुगेका प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरेले जानकारी दिए ।

दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन घर्ती र श्यामबहादुर पुन, खाल–९ का हिमलाल तिर्के र रोल्पा घोडागाउँका मधु केसी बेपत्ता भएका छन् । दुर्घटनामा परेका भिंगृ–६ प्यूठानका पदमबहादुर रोका, भिंगृ–८ का जङ्गबहादुर विक र उक्टबहादुर आले, भिंगृ–४ का सुरेश रोकालाई माछा मार्ने स्थानीयवासीले उद्धार गरेका छन् ।

दुर्घटनास्थलमा अहिले बेपत्ताको खोजी जारी रहेको मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले जनाएको छ । उद्धार र बेपत्ताको खोजीका लागि नगर सहसचिव रमेश नागरी, सदस्य बाबुराम केसी र शेरबहादुर विक नेतृत्वमा नेपालीहरु घटनास्थलमा पुगेका छन् ।

प्रकाशित मितिः २०७३ मंसिर ३

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १४:४० मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...