back
NMB ad

मैत्रीपूर्ण फुटवल खेलमा नेपालले जापानलाई हरायो

Kumari bank ad

काठमाडौ। नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा जापानलाई १–० ले हराएको छ ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा प्रवेश गरेको अवसरमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा नवयुग श्रेष्ठले ५७औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक साबित भयो । नेपालले पाएको कर्नर किकपछि डिबक्समा भएको हुलमुलमा उनी गोल गर्न सफल भए ।

मैत्रीपूर्ण खेलमा दुवै टोलीका खेलाडीले गोल गर्ने केही सुन्दर मौका गुमाएका थिए । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) र जापानको गैरसरकारी संस्था ‘कलरबाथ’को संयुक्त आयोजनामा भएको सो खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीेले ‘जे लिग’मा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गरेका थिए ।

जापानी टोलीका प्रशिक्षक टोडा काजुयुकीले सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेलेका थिए । खेलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो टोलीको खेलमा धेरै विकास भएकोभन्दै प्रशंसा गरे ।

जापानी प्रशिक्षक काजुयुकीले आफ्नो टोलीले सुन्दर फुटबल खेल देखाउन सकेकोमा सन्तुष्टि व्यक्त गरे । उनले नेपाली टोलीले रक्षापंक्तिमा भएका गल्ती सुधार गरेमा टोली अझ सशक्त हुने बताए ।

प्रकाशित मितिः २०७३ मंसिर ४

वि.सं.२०७३ मंसिर ४ शनिवार २०:३४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...