back
NMB ad

थाहा पाइराख्नुहोस्, अब सेयरको आवेदन दिन घण्टौं लाइनमा बस्नु पर्दैन !

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय स्तरका बाणिज्य र विकास बैंकमा खाता हुनेले अब सेयरको प्राथमिक निस्कासन (आइपिओ)मा आवेदन दिन लाइन बसिरहनु नपर्ने भएको छ। आवेदन गर्ने बराबरको रकम आफ्नो खातामा रोक्का राखि घरै बसि बसि अनलाइनबाट आवेदन दिन पाइनेछ।

विकसित देशमा प्रचलनमा आइ सकेको एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट (आश्वा) प्रविधी कार्यान्वयनमा ल्याइ धितोपत्र बोर्डले यो सुविधा दिन लागेको हो। बोर्डले कार्यान्वयनमा जानु अघिनै आश्वाको सुरुमा भनिएको मोडालिटी समेत थप सहज बनाउने भएको छ।

सुरुमा कम्तिमा २० जिल्ला सहित उपत्यकामा चार शाखा भएको राष्ट्रिय स्तरको बाणिज्य र विकास बैंकलाई मात्र आश्वाको अनुमति दिने बताएकोमा बोर्डले त्यसलाई सहज बनाउन लागेको हो।

आश्वाको सदस्यता पाएको बैंक तथा वित्तिकय संस्थामा खाता हुनेले कुनै कम्पनीको प्राथमिक सेयर आवेदनमा लाइन लाग्न जानु पर्दैन। उनीहरुले खाता रहेको बैंकमा पैसा रोक्का गरि अनलाइनबाट सेयर आवेदन दिन सक्नेछन्। यसले अहिले अढाइ महिना सम्म लागि रहेको सेयर बाँडफाँड अवधिलाई २० दिनमा झार्ने बोर्डको विश्वास छ।

बोर्डले यस बारेमा नेपाल बैंकर्स  संघ र बिकास बैंक संघ लगायत सरोकारवालासँग छलफल गरिसकेको छ ।  अहिले राष्ट्रिरय स्तरका बाणिज्य र विकास बैंक समेटेर आश्वाको परिक्षण प्रयोग गर्न लागिएको हो। त्यसैले लगानीकर्ताले आश्वा वा अहिले चालु प्रणाली मध्ये जुनबाट पनि आईपीओमा सेयर आवेदन दिन सक्ने छन्।

५ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ५ आइतवार ११:४६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...