back
NMB ad

धितोपत्र बोर्डद्धारा आस्वा प्रणालीमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाको निवेदन माग !

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आस्वा प्रणालीमा सहभागी हुन आग्रह गरेको छ । बोर्डले आगामी माघ १ गतेदेखि आस्वा प्रणाली लागू गरिने भएकाले बोर्डको धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धि निर्देशिका, २०७३ को व्यवस्था बमोजिम आस्वा प्रणालीमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थालाई यथाशीघ्र निवेदन दिन आग्रह गरेको हो ।

बोर्डको सूचनाअनुसार आस्वा प्रणालीमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाको निम्न योग्यता पुगेको हुनुपर्नेछ ।
१.नेपाल राष्ट्र बैंकबाट क वा ख वर्गको इजाजत प्राप्त गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापुँजी कायम गरेको, प्रतिसेयर चुक्तापुँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी भएको ।
२. कम्तीमा पाँच वर्ष सञ्चालनमा रहेको र कम्तीमा पछिल्लो दुई वर्ष खुद नाफामा सञ्चालनमा रहेको ।
३.निष्कृय कर्जा ५ प्रतिशतभन्दा कम रहेको, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको भएको त्यसको फुकुवा भएको तीन वर्ष पूरा भएको हुनुपर्ने ।
४. काठमाडौँ उपत्यकाभित्र कम्तीमा चार वटा शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचिकृत भएको ।
५. बैंक,वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धि कार्य गर्न सक्ने व्यवस्था उल्लेख भएको ।

बैंक,वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धि कार्य गर्न सक्ने व्यवस्था उल्लेख नभएको भएपनि यो निर्देशिका प्रारम्भ भएको एक वर्षसम्म यस निर्देशिका बमोजिम धितोपत्र खरिदको दरखास्त संकलन कार्यसम्बन्धि अनुमति दिन बाधा नपुग्ने समेत धितोपत्र बोर्डले उल्लेख गरेको छ ।

धितोपत्रको यो प्रणाली लागु भएपछि सार्वजनिक निष्काशन प्रकृया थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटो छरितो हुने र सार्वजनिक निष्काशन प्रकृयामा ठूलो फड्को मारी धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने बोर्डले विश्वास लिएको छ ।

विद्यमान प्रणाली अनुसार सार्वजनिक निष्कासनदेखि बाँडफाँडसम्म ७० दिनसम्म समय लाग्ने गरेकोमा यो प्रणाली लागु भएपछि यी सबै काम २० दिनभित्रमा सम्पन्न हुने दाबी बोर्डको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १०

वि.सं.२०७३ मंसिर १० शुक्रवार १४:०३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...