back
NMB ad

दुईगुणा बढ्यो पर्यटक आगमन

Kumari bank ad

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । निकुञ्जका कार्यालयका अनुसार, गत आर्थिक बर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोहि अबधिमा दोब्बरभन्दा बढीले पर्यटक सङ्ख्यामा वृद्धि भएको हो ।

गत आर्थिक बर्षको पहिलो चार महिनामा १८ हजार १३८ जना पर्यटक निकुञ्ज भित्रिएका थिए भने चालु आर्थिक बर्षको सोहि अबधिमा ३८ हजार ६०४ जना पर्यटक भित्रिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार यस वर्षको कात्तिक महिनामा मात्रै १६ हजार २८६ पर्यटकले निकुञ्ज घुमेका थिए । जसमध्ये नेपाली चार हजार २७६, सार्कका एक हजार २८९ र अन्य मुलुकका १० हजार ७२१ छन् । यस्तै असोजमा १० हजार २५४, भदौमा छ हजार ३३ र साउनमा छ हजार ३१ जनाले निकुञ्ज घुमेका थिए ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमा समेत वृद्धि भएको छ । चालु आवको चार महिनामा रु छ करोड ११ लाख छ हजार ४६० राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु दुई करोड ४९ लाख ३४ हजार मात्रै राजस्व सङ्कलन भएको थियो ।

यस वर्षको कात्तिक महिनामा मात्र रु दुई करोड ३५ लाख ७९ हजार ४४ राजस्व सङ्कलन भएको छ । जुन गत आवको चार महिनाको राजस्व बराबर हुन आउँछ ।

त्यसैगरी यस अवको असोजमा रु एक करोड ५० लाख ४२ हजार ५२८, भदौमा रु ९६ लाख ५२ हजार ५३ र साउन महिनामा रु एक करोड २८ लाख ३२ हजार ८३४ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै पर्यटन व्यवसायमासमेत सुधार हुँदै आएको छ ।  दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघ हेर्न, हात्ती सफारी, जिप सफारी, चरा अवलोकन र राप्ती किनारको मनोरम दृश्यावलोकनका लागि पर्यटकहरु चितवन पुग्ने गरेका छन् ।

प्रकाशित मितिः २०७३ मंसिर १६

वि.सं.२०७३ मंसिर १६ बिहीवार १५:१० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...