back
NMB ad

बाटोमा हिँड्दै हुनुहन्छ या सवारी चलाउँदै ? ध्यान दिनुस् ट्राफिक नियम परिवर्तन हुँदैछ !

Kumari bank ad

काठमाण्डौं । उपत्यकामा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिर्वतन गरेर कडाइ गरिने भएको छ । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले बनाएको यो नियम रिंगरोडभित्र लागू हुनेछ ।

सवारी चापको समयमा केही प्रयोजनका गाडीलाई अब रिंगरोडभित्र समय तोकेर निषेध गर्नेदेखि सवारीको जथाभावी मोड्ने प्रवृत्तिमाथि अंकुश लगाउने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डेले बताए । सुरुमा प्रचार–प्रसार गरेर यो नियमबारे जनतालाई सचेत गराइनेछ र, निश्चित समयपछि लागू गरिनेछ ।

१. राइट साइडमा मोड्न नपाइने

अहिले ट्राफिक प्रहरीले लेनको नियम नमान्नमाथि कारवाहीको चिट थमाइहाल्छ । अब लेन अनुशासनलाई थप कडाइ गर्न सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको छ । अहिले सवारी गइरहेको साइडभन्दा पारिपट्टीको बाटो प्रयोग गर्न बिपरित लेन हुँदै सवारी क्रस गरेर जाने प्रचलन छ । सवारी फर्काउन पनि विपरित लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ ।

तर, अब नयाँ नियम लागू गरेर यसमा कडाइका साथ रोक लगाइनेछ । सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । जथाभावी दायाँ मोड्न दिँदा सवारी जाम बढेको र ट्राफिकलाई पनि हैरानी भएको यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको दाबी छ । ट्राफिक आइल्याड नभएका क्रेसिङ बाटोेमा अब राइट माडेर विपरित दिशाको सडकतर्फ जान पाइने छैन ।

उदाहरणका रुपमा बानेश्वरबाट सिभिल हस्पिटल जानेहरु सवारी अहिले यातायात व्यवस्था विभाग आसपासका लेन चेञ्ज गर्ने ठाउँबाट पारी जान्छन् । तर, अब ट्राफिक प्रहरीले यसरी मोडेर बाटो क्रस गर्न दिने छैन । अब ट्राफिक आइल्याण्डबाटै राइट मोडेर आउनुपर्ने हुन्छ ।

२. पुलमुनिका सडक खोलेर प्रयोगमा ल्याउने

विभाग र ट्राफिकले अब पुलमुनीका सडकलाई अधिकतम् रुपमा प्रयोगमा ल्याउने निर्णय पनि गरेका छन् । अब सबै पुलमुनिका बाटाहरु खोलिने भएको छ । पुलमुनीका सडक प्रयोगमा आउँदा जाम कम हुने र करिडोरका सडकमा पनि सवारी गुडाउने क्रम बढ्ने विश्वास गरिएको अधिकारीहरुले बताए ।

सडककै दुबै लेनतर्फबाट पुललाई क्रस गरेर खोलिएका सडकको प्रयोग बढाउन पनि राइट टर्न लिन बन्द गर्नुपरेको प्रवक्ता पाण्डेले बताए  अहिले उपत्यकामा थुप्रै त्यस्ता पुल छन्, जसको मुनिबाट क्रस रोडहरु क्रस छन् । यस्ता सडक प्रयोगमा ल्याउँदा सडकमा चाप कम पर्ने र ट्राफिक ब्यवस्थापन कम हुने अपेक्षा गरिएको छ ।

३. स्कुल बसलाई समयसीमा

नयाँ नियम अनुसार अब विद्यालयका बसहरुलाई पनि सडकमा ‘अफिस टाइम’मा गुड्न नदिइने भएको छ । स्कुल बसहरुले ९ बजेअघि नै विद्यार्थीलाई विद्यालय पु¥याइसक्नुपर्नेछ र ४ बजे अघि नै विद्यार्थी फर्काएर स्कुल बस विद्यालयमा आइसक्नुपर्नेछ । अर्थात विहान ९ बजेभित्र स्कुलबस स्कुल हाताभित्र प्रवेश गरिसकेकेको हुनुपर्नेछ भने भने बेलुका ४ बजेपछि पनि स्कुल बस सडकमा आउन पाउने छैनन् ।

अहिले उपत्यकामा झण्डै ३ हजारभन्दा बढी स्कुल बस रहेको अनुमान छ । अन्य भाडाका सवारीले पनि स्कुल बसका रुपमा विद्यार्थी बोक्ने गरेका छन् । अब स्कुल बस धेरै ट्राफिक जाम हुने समयमा सकडमा गुड्न पाउने छैनन् । यो नियम कडाइका साथ लागू गर्ने तयारी छ ।

४. डेलिभरी भ्यानमा पनि कडाइ

ट्राफिक प्रहरीले अब खानेपानी बोक्नेबाहेक अन्य डेलिभरी भ्यानलाई पनि ‘अफिस टाइम’मा रिंगरोडभित्र चलाउन नदिने भएको छ ।

विभिन्न सामग्रीको ढुवानीका लागि चल्ने साना भ्यान तथा गाडीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म चल्न नदिइने भएको छ । यसैगरी अपहरान्ह ४ देखि बेलुकी ६ बजेसम्म पनि यस्ता भ्यान चल्न नदिने निर्णय भएको छ । अब मुख्य जाम हुने समयमा डेलिभरी भ्यान तथा गाडीहरु सडकमा आए ट्राफिक प्रहरीले कारवाही गर्नेछ । ट्राफिक प्रहरीले अब पैदलयात्रुले जेब्राक्रसिङबाटै बाटो काट्ने वातावरण बनाउन पनि विशेष प्रयास गर्ने बताएको छ ।

१९ मंसिर २०७३, अनलाईनखबर, ११।००

वि.सं.२०७३ मंसिर १९ आइतवार १७:४८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...