back
NMB ad

५ सय र हजारको नोटबाट बनेको प्लाईउडमा को सुत्छ ?

Kumari bank ad

भारतले प्रतिबन्ध लगाएको पाँच सय र एक हजार दरका पुराना नोटबाट आर्कषक प्लाइउड बनाउने तयारी गरेको छ। पाँच सय र एक हजार दरको नोटमाथि प्रतिबन्ध लागेपछि स्थानीय बैंकले सर्वसाधारणबाट यस्ता नोट ठूलो परिमाणमा संकलन गरेको छ ।

संकलन गरिएका यस्ता नोटलाई जलाउँदा वातावरणमा प्रतिकुल असर पुर्या‍उन सक्छ भनेर भारतको केरला राज्यले उक्त नोटको प्रयोग गरी प्लाइउड बनाउने तयारी गरेको हो ।

केरला राज्यको रिजर्ब बैंक अफ इण्डिया (आरबीआई) ले यस्ता खालका नोटलाई जलाउनु वा गाड्नुभन्दा अन्य वैकल्पिक उपयोगमा ल्याउने निर्णय गरेको हो। सोही निर्णय अनुसार प्लाइउड बनाउने प्रक्रिया सुरु भएको छ ।

अध्ययनको क्रममा उक्त नोटलाई जलाउँदा वा गाड्दा प्रकृतिमा नकारात्मक असर पु¥याउन सक्ने निश्कर्ष निकालेपछि बैंकले यस्तो निर्णय गरेको हो । त्यसपछि अध्ययनकर्ताले प्रतिबन्ध लागेका यस्ता नोटबाट प्लाइउड बनाउन सक्ने सुझाव दिएका थिए । सोही सुझावको आधारमा केरलाको आरबीआईले नोटबाट प्लाइउड बनाउने निर्णय गरेको हो ।

आरबीआईले उक्त नोटलाई पहिले मसिनो टुक्रा पारेर केरलाकै हार्डवोर्ड बनाउने उद्योग ‘वेस्टर्न इण्डिया प्लाइवुड’ लाई दिने निर्णय गरेको छ । उद्योगले त्यस्तो नोटको टुक्रालाई काठको धुलोमा मिसाएर उपकरणको सहयोगमा प्लाइवुड बनाउनेछ । अहिलेसम्म आरबीआईसँग ८ लाख करोड यस्ता नोट जम्मा भएका छन् ।

कतिपयले ५ सय र हजार दरका पुराना नोटबाटै बनाईएको प्लाईउडमा को सुत्छ भनेर जिज्ञाशा राख्न पनि थालेका छन् ?

एजेन्सीको सहयोगमा

प्रकाशित मितिः २०७३ मंसिर २१

वि.सं.२०७३ मंसिर २१ मंगलवार २३:०३ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...