back
NMB ad

बैंकहरुले लघु उद्योगमा लगानी बढाउनुपर्योः उद्योगमन्त्री जोशी

Kumari bank ad

काठमाडौ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले साना लघु तथा घरेलु उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुख एवम् प्रतिनिधिसँग मन्त्रालयमा भएको छलफलमा उनले भन्नुभयो – दिगो आर्थिक विकासका लागि मुलुकमा रोजगारी बढाउनका लागि साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्दछ ।

मन्त्री जोशीले बैंक तथा वित्तीय संस्थाको लगानी सुरक्षा गर्न सरकार तयार रहेको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल पुँजीको निश्चित प्रतिशत रकम ग्रामीण क्षेत्रका लघु उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिए ।

उद्यमीलाई सहज र सहुलियत रुपमा ऋण प्रवाह गर्न सके मात्र मन्त्रालयद्वारा प्रदान गरिने सीपको उपयोग भई रोजगारीका अवसर बढ्ने बताउँदै उनले भने, “ लगानी सुरक्षाका लागि आवश्यक सबै कानुन बनाउन सरकार तयार छ ।”

कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले विदेसिएका युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताउँदै रोजगारीमूलक क्षेत्रमा लगानी बढाउन सरकार बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न तयार रहेको बताए ।

उद्योग सचिव शङ्करप्रसाद कोइरालाले नयाँ उद्योग ऐनमा सबै तहका उद्योगको स्पष्ट परिभाषा भएको जानकारी गराउँदै मन्त्रालयले प्रदान गर्ने सीप र बैंक तथा वित्तीय संस्थाका लगानीबीच तादात्म्यता गर्न आवश्यक रहेको बताए ।

छलफलकाक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले आफूहरु लघु उद्यम क्षेत्रमा लगानी बढाउन तयार रहेको बताउँदै त्यस्तो लगानी सुरक्षाका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले लघु उद्योगको प्रवद्र्धनका लागि उद्यमीको भूमिका पहिले आउने भएकाले उनीहरुलाई तालिममार्फत सशक्तीकरण गर्नुपर्ने उल्लेख गरे ।

छलफलमा एनएमवी बैंक, कैलाश विकास बैंक, ज्योती विकास बैंक, जनता बैंक, नेपाल वङ्गलादेश बैंक र सिद्धार्थ विकास बैंकका कार्यकारी प्रमुख क्रमशः उपेन्द्र पौडेल, कृष्ण लामिछाने, कृष्णबहादुर कुँवर, कुमार लम्साल सुरेन्द्र श्रेष्ठ र अजय मिश्रलगायत अधिकाँश वाणिज्य तथा विकास बैंकका कार्यकारी प्रमुख सहभागी थिए ।

प्रकाशित मितिः २०७३ मंसिर २१

वि.सं.२०७३ मंसिर २२ बुधवार ००:४१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...