back
NMB ad

नियमितरुपमा १० कित्ताभन्दा कमको पनि कारोवारः धितोपत्रको क्लियरिङ बैंक थप्न नेप्सेलाई निर्देशन

Kumari bank ad

काठमाडौ। नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई क्लियरिङ बैंक थप्न पुनः निर्देशन दिएको छ । यसअघि पनि क्लियरिङ बैंक थप्नको लागि नेप्सेलाई बोर्डले दिएको निर्देशन कार्यान्वयन नभएपछि पुनः बोर्डले निर्देशन दिएको हो ।

धितोपत्र कारोवारको राफसाफ तथा फर्छ्यौट कार्यलाई छिटो छरितो गर्न बोर्डले नेप्सेलाई पटक पटक निर्देशन दिँदै आएको छ । बोर्डको निर्देशनलाई नेप्सेले आलटाल गर्दै आएपछि बोर्डले अर्को निर्देशन दिएको हो । बोर्डले नेप्सेलाई कम्तिमा पनि दुईवटा क्लीयरिङ बैंक थप्न निर्देशन दिएको छ । यसअघि नेप्सेले भदौ १५ गतेसम्ममा क्लियरिङ बैंक थप्ने प्रतिबद्धता जनाएको थियो । नेप्सेले मंसिर वित्न लाग्दा पनि क्लियरिङ बैंक थपेको छैन ।

त्यस्तै नेप्सेले धितोपत्र दलालको सेवासमेत गत भदौ १५ गते सम्ममा बिस्तार गर्ने प्रतिबद्धता जनाएको थियो । तर ‘हालसम्म पनि सो व्यवस्था भएको छैन । धितोपत्र दलालको सेवा विस्तार गर्ने क्लियरिङ बैंक थप्ने जस्ता सम्बन्धमा शीघ्र सिफारिश गरी बोर्डमा पठाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यस्तै बोर्डले नियमित कारोवारमा १० कित्ताभन्दा कमको समेत कारोवार हुन सक्ने व्यवस्था गर्न नेप्सेलाई निर्देशन दिएको छ । हाल १० कित्ता भन्दा माथिको मात्र कारोबार हुने गरेको छ । बोर्डले बजार सुधार कार्यक्रमअन्तर्गत गत २०७२ माघदेखि पूर्ण अभौतिकिकरण गरी पूर्णस्वचालित धितोपत्र कारोवार प्रणाली लागू गरिसकेको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २२

वि.सं.२०७३ मंसिर २२ बुधवार १९:४० मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...