back
NMB ad

‘पर्यटन उद्योग राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ’

Kumari bank ad

मंसिर २४ गते प्रधानमन्त्रीको उपस्थितिमा स्वर्णजयन्ती बिशेष समारोह

नाट्टा १९६६ मा स्थापना भएको हो । अहिले संस्था स्थापनाको पचासौँ वर्ष पूरा गरेको छ । हाम्रो कार्यकालमा नै स्वर्ण जयन्ती महोत्सव मनाउने अवसर जुरेको छ । यसको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २४ गते प्रधानमन्त्रीको उपस्थितिमा राजधानीको दरबार मार्गमा अवस्थित याक एण्ड यति होटलमा विशेष समारोहको आयोजना हुँदैछ । समारोहमा ४० भन्दा बढी विदेशी अतिथिलाई निमन्त्रणा गरिएको छ । उहाँहरुको नेपाल आउनेक्रम पनि सुरु भैसकेको छ । हामीले कार्यक्रमलाई चार चरणमा विभाजन गरेका छौँ । पहिलो चरणमा हाम्रो प्राथमिकता पर्यटन उद्योग हो । यो विषय विदेशी अतिथिहरुसँग राख्नेछौं । यता सरकारले पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता राखेपनि सुविधाको कुरामा त्यती ध्यान नदिएकाले यस बारेमा के गर्न सकिन्छ भनेर निक्र्यौल गर्दैछौँ ।

नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने

नेपाली पर्यटनको अन्तर्राष्ट्रिय बजारिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिनेछ । हामीले अन्तर्राष्ट्रिय पर्यटन बजारलाई नेपालसँग कसरी जोड््न सकिन्छ भन्ने विषयमा एउटा स्पष्ट अबधारणा अघि सार्दैछौँ । उद्घाटन सत्रमा हामी पचास वर्षमा गरिएका गतिविधि र अग्रजहरुको योगदानका बारेमा चर्चा परिचर्चा गर्ने छौँ भने आगामी दिनमा कसरी विशिष्ट उपलब्धि हासिल गर्न सक्छौँ भन्ने कुरामा छलफल गरी लिपिवद्ध गर्ने छौँ । र उक्त विषयलाई योजनावद्ध ढंगबाट कार्यान्वयनमा लैजानेछौँ ।

नाट्टाको पचास वर्षे इतिहाँसलाई फर्केर हेर्दा

Natta logo

१०/१२ ओटा ट्राभल एजेन्सिहरुबाट सुरु भएको अभियान एक हजार भन्दा बढी व्यवसायीहरुलाई साथमा लिएर अघि बढिरहेको छ । आज नेपाल सरकारले पर्यटन नीति तर्जुमा र कार्यान्वयनमा नाट्टासँग सहकार्य गरिरहेको छ । जुन हाम्रो लागि गौरवको विषय पनि हो । नेपालको इतिहासमा पर्यटन विस्तारका लागि अन्तर्राष्ट्रिय स्तरमा सरकार सँगसँगै साथमा रहेर हामीले प्रबद्र्धनात्मक कार्यहरु गरिरहेका छौं । नाट्टाले आफ्नै पहलमा पर्यटन विस्तारका लागि धेरै कार्यहरु गर्दै आएको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने, हामी आफैँले सम्मेलनहरु गर्ने र अन्तर्राष्ट्रिय मिडिया र ट्राभल एजेन्सिहरुलाई ल्याएर स्थलगत भ्रमण(फार्म ट्रिप) गराएर पर्यटन प्रवद्र्धनमा योगदान दिइरहेका छौँ । यसरी नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने काम हामीले नै ग¥यौँ र यो क्रम अझै जारी रहेको छ ।

रचनात्मक तरिकाले राज्यलाई सहयोग गरिरहेका छौँ

नेपाल नाट्टा आफैँमा कार्यान्वयन गर्ने निकाय हैन । हामी माग पेश गर्न र दबाब दिन सक्छौ जुन काम गरि पनि रहेका छौँ । हामी रचनात्मक तरिकाले राज्यलाई सहयोग गरिरहेका छौँ । अग्रणी व्यवसायीको छाता संगठन भएकाले सरकारलाई हाम्रो आग्रहयुक्त सुझाव छ । सरकार परिवर्तन भैरहने कारण हाम्रो मागहरु सम्बोधन हुन सकेको छैन । एउटा सरकारसँग बसेर एक खाले नीति तयारी गरिरहेको हुन्छ अर्को सरकार आएपछि पुनः सुरुबाटै काम गर्नुपर्ने बाध्यताहरु आइलागेका छन् । हामी सरकारसँग माग्दैनौ तर नीतिमा सहजिरकण गरिदन आग्रह गरिरहेका छौँ । अन्तर्राष्ट्रिय रुपमा बजारिकरण गर्ने र नेपालमा लगानीको वातावरण सिर्जना गरी बढीभन्दा बढी पर्यटक भित्र्याइ देशको कुल ग्रार्हस्थ उत्पादनमा हामी ट्राभल एजेन्सिहरुले योगदान गर्छौ । ट्राभल एजेन्सि एउटा त्यस्तो संस्था हो हामीले धेरैलाई रोजगारी दिन्छौँ । जस्तो कि हामीले ल्याएको पर्यटक होटलमा बस्छ, ट्याक्सी चढ्छ, विभिन्न स्थानमा सपिङ गर्छ । त्यसले हाम्रो आम्दानी कम भए पनि देशका बहुक्षेत्रलाई लाभान्वित गर्छ । त्यसले हामी अग्रणी संस्था भएको कारणले हामीले नारा पनि ʽनेपालको पर्यटन राष्ट्रिय प्राथमिकताको उद्योगʼ भन्ने बनाएका छौँ । नेपालको समग्र पर्यटन प्रवद्र्धन र विकासमा हाम्रो ध्यान केन्द्रित रहन्छ ।

पर्यटकहरु आफैँ आउने हैनन् संसारका सबै देश पर्यटक तान्न आतुर छन

वास्तवमा पर्यटकहरु आफैँ आउने हैनन् संसारका सबै देश पर्यटक तान्न आतुर छन । अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धात्मक बनेको छ । हाम्रा उत्कृष्ट उत्पादन विदेशमा लगेर पुरस्कृत गराई पर्यटकलाई आकर्षित गर्ने काममा तल्लिन छौँ । विदेशीहरुको आइटिनरीमा हाम्रा गन्तव्यहरु राखेपछि पर्यटकहरु आउछन् । त्यसपछि यहाँको एयरलाइन्स, होटल, ट्याक्सी, रेष्टुरेन्ट लगायत व्यापार व्यवसाय फस्टाउँछ । हामी अन्तर्राष्ट्रिय मेलाहरु गरिरहेका छौँ । जहाँबाट पर्यटनको प्रवद्र्धन गरिरहेका छौँ ।

स्वरोजगारको रुपमा सुरु गरेकाहरु करर्पोरेट कल्चरमा आइरहेका छौँ

ट्राभल एजेन्सि विविधताको व्यवसाय छ । जतिधेरै लगानी पनि गर्न सकिने र थोरै पुँजिबाट पनि गर्न सकिने अवस्था छ । आजको बजार कर्पोरेट युगमा रुपमान्तरण हुँदै छ । आज स्वरोजगारको रुपमा सुरु गरेकाहरु करर्पोरेट कल्चरमा आइरहेका छौँ । यस व्यवसायमा धेरै चाहिँ मध्यमवर्गको लगानी छ ।

२०१८ जनवरीको सुरुमा गोल्डेन जुब्लीको समापन समारोह

हाम्रो पहिलो दिन ९ डिसेम्बरमा गोल्डेन जुब्ली र कन्भेन्सनले पारित गरेका एजेण्डालाई १० डिसेम्बरमा हुने साधारणसभाले अनुमोदन गर्छ । दुई÷दुई वर्षमा कार्यसिमिति परिवर्तशील छ । ३० औँ वर्ष व्यवसायमा रहेका मानिस नेतृत्वमा छन् । हामी हाम्रो सिकाइलाई व्यवहारमा उतार्न चाहन्छौँ । जसमा लागिपरेका छौँ । यो हाम्रो गोल्डेन जुब्लीको सुरुवात हो । यसलाई सन २०१८ को जनवरीको सुरुमा समापन समारोह पनि गर्दैछौँ । त्यसमा उपलब्धीको समिक्षा गर्दै ट्राभल र टुरलाई कसरी व्यवस्थित गर्ने ? आर्थिक रुपमा कसरी समृद्ध गर्ने ? अन्तर्राष्ट्रिय रुपमा नेपाली व्यवसायीलाई कसरी प्रतिस्पर्धि बनाएर अघि बढाउने भन्ने आधारामा रणनीति बनाउँदैछौँ ।

पर्यटनको विकास र विस्तारका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य

म स्वर्ण जयन्ती समारोहको संयोजकको हैसियतले के भन्छु भने नाट्टामा गर्नुपर्ने धेरै कुराहरु छन । यस उद्योगलाई भरपर्दो र इज्तदारीलो बनाउन सबै मिलेर अघि बढ्न आग्रह गर्दछु । समय सुहाउँदो व्यवसायलाई परिमार्जन गर्न सबै लाग्नुपर्छ । नेपालको पर्यटन विस्तारको लागि नेपाल एयरलाइन्सलाई बलियो बनाउन प¥र्यो । जसले पर्यटकको ओहर दोहारमा सहयोग पुग्छ । भौतिक पूर्वाधारको विकास अपरिहार्य छ । बाटोको बिस्तार मुख्य कुरा हो । हामीले रारा ताल राम्रो छ त भन्छौँ तर रारा जान यातायातको सहज सुविधा छैन । सरकारले पर्यटकीय क्षेत्रको पहिचान गरी त्यस क्षेत्रसम्म पर्यटक पुग्नसक्ने पहुँच विस्तार गर्न पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्नुपर्छ ।

केही वर्षमै २० लाख पर्यटक भित्र्याउन सक्छौँ

सरकारले नीतिगत रुपमा प्रोत्साहन गर्नुपर्ने अवस्था छ । राम्रो काम गर्ने व्यवसायीहरुलाई विभिन्न छुट दिएर व्यवसायमा थप अकर्षण दिनुपर्छ । अन्तर्राष्ट्रिय जगतमा चीन, थाइल्याण्ड, भुटान, मलेसिया लगायतका देशहरु भन्दा पर्यटनमा हामी महंगो सावित भएका छौं । यसका लागि विभिन्न कुरामा सरकारले अनुदान दिएर सहयोग गर्नुपर्छ । सुविधा सम्पन्न गाडीहरु किन्न सहयोग गर्नुपर्छ । यसो भएमा हामी केही वर्षमा २० लाख पर्यटक भित्राउन सक्छौँ ।

प्रकाशित मितिः २०७३ मंसिर २२

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०२:५४ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...