back
NMB ad

अब सुख्खायाममा पनि झलमल बिजुली !

Kumari bank ad

काठमाण्डौं। एसियाली विकास बैंक (एडिबी)ले सोलार उर्जा प्रबर्धनका लागि नेपाल सरकारलाई दुई अर्ब १८ करोड रुपैयाँ (दुई करोड अमेरिकी डलर) अनुदान दिने भएको छ।  सोलार बिद्युतमा व्यवसायीक लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य साथ बैंकले यो रकम दिन लागेको हो।

सन् २०१८ सम्ममा सोलारबाट कम्तिमा २५ मेगावाट बिजुली व्यवसायीक स्केलमा उत्पादन होस् भन्ने बैंकले चाहेको छ। ‘त्यो भन्दा महत्वपुर्ण हामी एउटा विजनेश मोडल विकास भएको देख्न चाहन्छौँ, जसको सिको उर्जा संकट खेपी रहेको दक्षिण एसयाली मुलुकहरु जहाँ सुकै गर्न सकियोस्’ बैंकले बिज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

बैंकको अनुदान सरकारले निजी क्षेत्रको सोलार बिजुलीमा गरेको लगानी र त्यसका लागि नेपाल विद्युत प्राधिकरणले तिर्ने न्यूनतम मूल्यको ग्याप पूर्तीका लागि उपलब्ध गराउनेछ। निजी क्षेत्रको लागत बमोजिम बिजुलीको मूल्य नपाउने अवस्था आयो भने पनि घाटा लागेर निरुत्साहित नहुन् भनेर सहयोग गर्ने लागेको बैंकले जनाएको छ।

नेपालमा सोलारबाट व्यवसायीक रुपले बिजुली उत्पादन भए सुक्खा याममा नदिनालाको पानी कम हुँदा समेत जनताले उज्यालोमा बस्न पाउने बैंकको विश्वास रहेको छ। निजी क्षेत्रले मिनी र माइक्रो हाइड्रोमा राम्रो लगानी गरेको भन्दै बैंकले प्रशंसा समेत गरेको छ। यसको डेड लाइन सन् २०२२ लाई राखिएको छ। टेन्डर प्रकृया सन् २०१७ मा सुरु हुने छ देखि १२ महिनामा सकिने बैंकको अपेक्षा छ।

२४ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २४ शुक्रवार १७:३८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...