back
NMB ad

चितवनका अन्य चार सामुदायिक वनमा पनि सुरु भयो हात्ती सफारी, राजेश हमालले गरे उद्घाटन

Kumari bank ad

चितवन । पश्चिम चितवनको चार वटा सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी सुरु भएको छ। पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोस्टबाट हात्ती सफारी सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

मङ्गलबार अभिनेता राजेश हमाल र पत्नी मधु भट्टराईले हात्ती चढेर सफारीको सुरुवात भएको घोषणा गरिएको थियो। आफू निकै लामो समयदेखि चितवनको पर्यटकीय क्षेत्र घुमे पनि पश्चिम क्षेत्रमा पहिलोपटक हात्ती सफारी गरेको हमालले बताए।

हात्ती सफारीका लागि सौराहा जानुपर्ने बाध्यताको अन्त्य गर्दै नवज्योति, बाटुली, दक्षिणकाली र वनदेवी मध्यवर्ती सामुदायिक वनमा सफारी सुरु भएको बरन्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले जानकारी दिए।

यस क्षेत्रभित्र विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल अवस्थित छ भने पर्यापर्यटनको प्रचुर सम्भावना बोकेका मनोरमस्थल रातामाटे ताल, न्युरे ताल, कालीमाटी ताल, बेदघारी ताल, मयुर ताल, बाइस हजार ताल, किङफिसर ताल, अठ्ठाइस हजार ताल, दक्षीणकाली ताल, वाटुलीपोखरी ताल आदि छन्। वेलशर डाँडाबाट राप्ती खोला र पार्कको दृश्यावलोकन पनि गर्न सकिन्छ।

यस स्थानमा सिमसार क्षेत्र बढी भएकाले पर्यटकले हात्तीमा चढेर निकुञ्ज क्षेत्रभित्र पाइने बाघ, गैँडा, भालु, गौरीगाई, चित्तल मृग, जरायोजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र गोही हेर्न सक्नेछन्।

हात्ती सञ्चालनको अनुमति पाएका चारवटा सामुदायिक वन दुर्लभ एकसिङ्गे गैँडाको राम्रो बासस्थान मानिन्छन्। यहाँ हाल दैनिक दुईवटा हात्तीले बिहान–बेलुका दुई समयमा हात्ती सफारी हुन्छ। तर आठ वटा हात्ती सफारीको अनुमति लिइएको छ।

यसअघि सौराहा क्षेत्रमा रहेको बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी हुँदै आएको छ।

२९ मंसिर २०७३, १२।००

वि.सं.२०७३ मंसिर २९ बुधवार १९:१० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...