back
NMB ad

दुई हाइड्रो पावरको १२ लाख ७० हजार कित्ता सेयर आउँदै, धितोपत्र बोर्डबाट पाए अनुमति

Kumari bank ad

काठमाण्डौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी र हिमाल पावर पार्टनरले सर्वसाधारणमा सेयर जारी गर्ने अनुमति पाएका छन् । पहिलो चरणमा स्थानीय बासिन्दाको लागि सेयर जारी गर्न लागेका दुवै कम्पनीले यही आइतबार धितोपत्र बोर्डबाट यसको अनुमति पाएका हुन् । दुवै आयोजनाको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।

हिमाल पावर कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयको लागि  १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर जारी गर्ने भएको हो । दोस्रो चरणमा भने कम्पनीले सर्वसाधारण र कर्मचारीको लागि २१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने छ ।

त्यस्तै, छ्याङ्दी हाइड्रोपावर कम्पनीले पनि पहिलो चरणमा स्थानीयको लागि २ लाख ७० हजार कित्ता सेयर जारी गर्ने छ । कम्पनीले ४ मेगावाटको माथिल्लो छ्याङदी खोला साना जलविद्युत् आयोजना निर्माणको लागि सेयर जारी गर्ने भएको हो । दोस्रो चरणमा सर्वसाधारण तथा कर्मचारीको लागि कम्पनीले ७ लाख कित्ता सेयर जारी गर्ने भएको छ ।

२९ मंसिर २०७३, १।००

वि.सं.२०७३ मंसिर २९ बुधवार १९:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...