back
NMB ad

जिप दुर्घटनामा छको मृत्यु, सुनकोसीमा एक बेपत्ता

Kumari bank ad

सिन्धुली। सिन्धुलीको रत्नावती गाविस–३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा छ जनाको मृत्यु भएको छ ।

मृतकको भने सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा एकजना भने सुनकोसीमा परी बेपत्ता भएको र दुईजना गम्भीर घाइतेको उपचारका लागि उदयपुरको घुर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सिन्धुपाल्चोक जिल्ला फुलपिङकट्टी–५ निवासी ५० वर्षीया बालामु शेर्पा तथा काठमाडौ महानगरपालिका स्वयम्भू निवासी टुकुली शेर्पाको उद्धार गरी उपचारका लागि घुर्मीको जनसेवा अस्पतालमा पठाइएको प्रहरी चौकी खाङ्साङका प्रहरी नायब निरीक्षक टेकबहादुर लामाले जानकारी दिए ।

यस्तै, दुर्घटनामा सिन्धुपाल्चोक फुलपिङकट्टी–६ बस्ने ५० वर्षीय साङ्दो शेर्पा, फुलपिङकट्टी– ७ निवासी ५७ वर्षीय वाले शेर्पा, सोही ठाउँका ५० वर्षीय निवुटी शेर्पा, फुलपिङकट्टी–६ निवासी सर्किनी शेर्पा र स्कार्पियो चालक लमजुङको सामीभञ्ज्याङ निवासी ४५ वर्षीय झपटबहादुर गुरुङको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिप सुनकोसीमा खस्दा काठमाडौ महानगरपालिका स्वयम्भू निवासी अन्दाजी ४५ वर्षीय दानेर्वे शेर्पा बेपत्ता भएका छन् । प्रहरीका अनुसार स्कार्पियोमा चालकसहित नौजना सवार थिए ।

सिन्धुपाल्चोकका स्थानीयले दुईवटा स्कार्पियो जिप लिएर खोटाङको हलेसीमा दर्शन गर्न जानेक्रममा मध्यपहाडी लोकमार्गको रत्नावती गाविसमा बा १२ च ८८९७ नंको स्कार्पियो दुर्घटनामा परेको हो । जिप सडकबाट १०० मिटर तल सुनकोसीमा खसेको प्रहरीले बताएको छ ।

जिप कोसीको पानीमा डुबेकाले उद्धार गर्न समस्या भएको स्थानीय रामप्रसाद भण्डारीले जानकारी दिए । लोकमार्ग कालोपत्र नहुँदा तीव्रगतिमा रहेको स्कार्पियोले गति नियन्त्रण गर्न नसक्दा सुनकोसीमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनास्थलमा खाङ्साङ प्रहरीचौकीलगायत अन्य नजिकका प्रहरी चौकीका प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको थियो । घटनास्थलमा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारसहितको टोली पनि गएको छ ।

प्रकाशित मितिः २०७३ पुस ३

वि.सं.२०७३ पुस ३ आइतवार १८:३४ मा प्रकाशित

You can share this post!

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...