back
NMB ad

तयार बस्नुहोस्,ऊर्जा विकास कम्पनीले निस्काशन गर्दैछ २४ करोड ७५ लाखको साधारण सेयर !

Kumari bank ad

काठमाडौं । जलविद्युत् आयोजना प्रबद्र्धक हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई सेयर निश्कासन गर्ने भएको छ ।

कम्पनीको १६ औं वार्षिक साधारणसभाले २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले एक महिनाभित्र बिक्री प्रवन्धक नियुक्त गरेर सेयर निश्कासनको काम अघि बढाउने प्रवन्धक प्रकाश दुलालले जानकारी दिए । उनका अनुसार यसमध्ये ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई दिने भएको छ ।

यस्तै १४ करोड ७५ लाख रुपैयाँ बराबरको १४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निश्कासन हुनेछ । कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ती ०७५ सालको असार र माथिल्लो खिम्ती सोही वर्षको भदौसम्म सम्पन्न हुने दुलाले बताए । दुबै आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने छ । आयोजनाको सिभिल निर्माणको काम तिब्र गतिमा अघि बढेको उनले जानकारी दिए । यस्तै आयोजनाको इलेक्ट्रोमेकानिकल लगायत अन्य काम पनि भइरहेको छ । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्तीखोलामा छ ।

प्रकाशित मितिः २०७३ पुस ६ गते

वि.सं.२०७३ पुस ६ बुधवार १२:५६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...