back
NMB ad

नागरिक लगानी कोषको इतिहासमै पहिलो चोटी ऐन संसोधन कार्य सुरु

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोष ऐन २०४७ माथी दफावार छलफल सुरु भएको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनाल, सोही मन्त्रालयका कानुन बिभाग तथा कानुन मन्त्रालयका उच्च अधिकृत र कोषका अधिकारीहरु विच शनिबार देखी ऐन संसोधन बारे दफावार छलफल सुरु भएको हो ।

हाल भैरहेको ब्यवस्थालाई समय सान्दर्भिक र सवै क्षेत्रलाई समेटने उद्देस्य राखेर कोषले संसोधन गर्नुपर्ने कारण सहित संसोधनको प्रस्ताव पेश गरेको छ । त्यसमा राजस्व सचिव खनाल र अन्य अधिकारीहरुले बुँदागत रुपमा संसोधनको बिषयमा धारणा राखेका थिए । कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल, मुख्य ब्यवस्थापक शुसिल कुमार अर्याल लगायतका महाशाखा प्रमुखहरुको उपस्थिती रहेको सो कार्यक्रममा कार्यकारी निर्देशक पोखरेलले अहिलेको ऐनले समेट्न नसकेको बिषयलाई समाबेश गर्दा कोषको कार्यक्षेत्र थप विस्तार हुने धारणा राखे ।

कोषले हाल भैरहेको संक्षिप्त नाम र प्रारम्भ, देशको आर्थिक बिकासको लागि सर्वसाधारण जनतालाई समेत पुँजीको वचत गर्न प्रोत्साहित गरी लगानीका अवसरहरु बढाउन तथा पुँजीबाजरको विकासमा गतिशिलता ल्याउन कोषको स्थापना र ब्यवस्था गर्न बान्छनिय भएको भन्ने बुदालाई प्रस्तावित संसोधनमा राखेको छ । त्यसैगरी सेयर पुँजी र सेयरवाला, कोषको चुक्ता पुँजीको कम्तिमा दस प्रतिशत सेयर लिने सेयरवाला वा सेयरवालाहरुको जम्मा संख्याको कम्तीमा ५० प्रतिसत सेयरवालाहरुले कारण खोली विशेष साधारण सभा गराउन कोषमा दरखास्त पठाई माग गरेमा कोषको विशेष साधारण सभा बोलाउनुपर्ने छ भन्ने जस्ता अन्य धेरै वुँदाहरु प्रस्तवित संसोधन परेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए ।

citizen investment trust

कोषको इतिहासमै ऐन संसोधनकाको दफाबर छलफल सुरु भएको यो पहिलो चोटी हो । प्रस्तावित संसोधनले सामाजिक सुरक्षाको कार्य, कोष ट्रस्टी संस्था भएकोले ट्रस्टीको भुमिका निर्वाह गर्न,अबकाश कोष र सामाजिक सुरक्षणको परिभाषालाई स्पस्ट पार्न, लगानी र क्रण अवधी प्रस्ट पार्न, धितोपत्र सम्बन्धी प्रचलित कानुन बमोजिमको व्यवस्था गर्न जोड दिएको छ ।

प्रकाशित मितिः २०७३ पुस ९

वि.सं.२०७३ पुस ९ शनिवार १८:२८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...