back
NMB ad

४६ करोड १७ लाख रुपैयाँ बराबरको साधारण सेयर आउँदै, थाहा पाउनुहोस् कुन कुन हुन् ती कम्पनी

Kumari bank ad

काठमाण्डौं । साधारण सेयर निष्कासनका लागि पाइपलाइनमा ११ कम्पनी बसेका छन् । पाइपलाइनमा बसेका कम्पनीले ४६ करोड १७ लाख रुपैयाँ बराबरको ७९ लाख ५० हजार कित्ता साधारण सेयर बजारमा ल्याउन बोर्डसँग अनुमतिका निवेदन दिएका छन् ।

आबुखोला जलविद्युत् कम्पनीको आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर स्थानीय बासिन्दाका लागि ल्याउन बोर्डसँग अनुमानित मागेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीले पनि स्थानीयकै लागि तीन करोड ६८ लाख रुपैयाँ बराबरको तीन लाख ६८ हजार एक ४३ कित्ता साधारण सेयर ल्याउँदैछ ।

यस्तै राधी विद्युत् कम्पनीको चार करोड १० लाख बराबरको चार लाख १० हजार कित्ता साधारण सेयर, युनाइटेड मोदी हाइड्रोपावरको १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर र गर्जाङ उपत्यका हाइड्रोपावरको दुई करोड बराबरको दुई लाख कित्ता साधारण सेयर स्थानीय बासिन्दाका लागि आउँदैछ ।

यस्तै, समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ९४ लाख ८० हजार रुपैयाँ बराबरको ९४ हजार आठ सय कित्ता सेयर, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ करोड बराबरको ६ लाख कित्ता साधारण सेयर आउँदैछ । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको पनि क्रमशः एक करोड २० लाख बराबरको एक लाख २० हजार कित्ता सेयर र तीन करोड बराबरको तीन लाख कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स र महाकाली विकास बैंकले सर्वसाधरणका लागि एफपीओ जारी गर्दैछन् । उनीहरूले क्रमशः ३० लाख ९६ हजार चार सय २९ कित्ता र दुई लाख ३६ हजार ३ सय ६७ कित्ता सेयर एफपीओ जारी गर्न बोर्डमा निवेदन दिएका छन् । यी दुई कम्पनीलाई बोर्डले सेयर निष्कासनका लागि स्वीकृति पनि दिइसकेको जानकारी दिएको छ ।

१३ पुस २०७३, ९।००

वि.सं.२०७३ पुस १३ बुधवार ०८:५७ मा प्रकाशित

You can share this post!

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...