back
NMB ad

१ अर्ब ६० करोडभन्दा बढी ठगी फरार रहेका हाउजिङ व्यवसायी सुधीर बस्नेत पक्राउ

Kumari bank ad

काठमाण्डौं । १ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सुधीर बस्नेत पक्राउ परेका छन् । काठमाडौंको धापासीस्थित आफ्नै घरमा सुतिरहेका बेला गएराती ११ बजे उनलाई पक्राउ गरिएको काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए ।

अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । लामो समय भारतमा लुकेर बस्दै आएका उनी हिजो मात्र घर आएका हुन्। उनले हाउजिङ्ग व्यवसायका लागि सर्वसाधारणसँग करोडौ‌ रकम लिएका लिए। बै‌कहरुबाट पनि ऋण लिएका थिए।

कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा बैंकहरुबाट बस्नेतले ७० करोड रुपैयाँ लिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको २१ करोड ७१ लाख रुपैयाँ कर्जा उनले तिर्न सकेका थिएनन ।

उनले प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकको ७ करोड ३६ लाख र सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ कोहिनूर हाउजिङमा लिएका थिए। नबिल बैंकको १४ करोड ६ लाख रुपैयाँ बस्नेतले डुबाएका छन् ।

ओरेन्टियल विल्डर्सको नाममा उनले एनआईसी एसिया बैंकबाट २० करोड एक लाख ३ ऋण लिएका थिए। ऋण लिने र नतिर्ने गरेपछि उनी भूमिगत जस्तै भएका थिए। त्यसपछि अदालतले उनलाइ २ वर्ष कैदको समेत सजायँ सुनाएको थियो।

१३ पुस २०७३, सेतोपाटी, १०।१५

वि.सं.२०७३ पुस १३ बुधवार १०:२४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...