back
NMB ad

भिटोफको संयोजनमा धनगढीमा होमस्टे तालिम सुरु

Kumari bank ad

धनगढी । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) तथा नेपाल टुरिजम बोर्डको आयोजनामा धनगढीमा चार दिने होमस्टे पर्यटनका लागि आधारभूत तालिम कार्यक्रम सुरु भएको छ ।

कैलालीस्थित भादामा १६ होमस्टे व्यवसायका लागि सुरु भएको उक्त आधारभूत घरवास व्यवस्थापन तालिममा ६० जना पर्यटन व्यवसायका लागि होमस्टे सञ्चालक व्यवसायीहरु सहभागी रहेको भिटोफका द्वितीय उपाध्यक्ष एवम् सञ्चार संयोजक दीपक दाहालले बताए ।

होमस्टे तालिमको लागि भादा जाँदै गरेका भिटोफ महासचिव बासुदेव पाण्डेलाई बिदाइ गर्दै उपाध्यक्ष एवं मिडिया संयोजक दिपक दाहाल
होमस्टे तालिमको लागि भादा जाँदै गरेका भिटोफ महासचिव बासुदेव पाण्डेलाई बिदाइ गर्दै उपाध्यक्ष एवं मिडिया संयोजक दिपक दाहाल

सञ्चार संयोजक दाहालले ग्रामीण पर्यटन पवद्र्धन गर्ने उद्देश्यले यो तालिम अयोजना गरिएको र यसलाई अभियानका रुपमा गाउँ गाउँमा लैजाने तयारी समेत रहेको बताए ।

पुस १४ देखि १७ गतेसम्म सञ्चालन हुने यस तालिमका संयोजक प्रा.डा.प्रेम शर्मा रहेका छन् भने कार्यक्रम संयोजक भिटोफका महासचिव वासुदेव शर्मा रहेका छन् यो तालिम सुदूर पश्चिम क्षेत्र लक्षित रहेको छ ।

यसले सुदूर पश्चिम क्षेत्रका होमस्टे सञ्चालक तथा कामदारहरुलाई दिइने यस आधारभूत घरवास व्यवस्थापन तालिमसँगै यस सुदूर पश्चिम क्षेत्रमा पर्यटन बढ्ने अपेक्षा रहेको आयोजकको दाबी छ ।

उक्त तालिममा होमस्टेमा जाने पर्यटकहरुलाई गरिने व्यवहार (हस्पिटालिटी), सुरक्षा, स्वास्थ्यको ख्याल, खानाका परिकार तथा व्यवस्थापन जस्ता आधारभूत विषयमा तालिम दिइने छ ।

भिटोफ नेपालले गत सेप्टेम्बर २७ का दिन विश्व पर्यटन दिवसका अवसरमा भादा होमस्टे सहित तनहुँको दुम्सी दराई होमस्टे र हुम्लाको बुराउसे गाउँ होमस्टेलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरेको थियो।

१३ पुस २०७३

वि.सं.२०७३ पुस १३ बुधवार १३:४६ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...