back
NMB ad

फुटवेयर विजनेश एक्स्पो–२०१७ सुरु

Kumari bank ad

काठमाडौ । नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०१७ आजदेखि भृकुटी मण्डपको प्रदर्शनी स्थलमा शुरु भएको छ । नेपालको एक मात्र जुत्ता बिशेष पसल चेन नेपाली जुत्ताघरको आयोजनामा शुरु भएको यस मेलाको स्वास्थ्यमन्त्री गगन कुमार थापाले उद्घाटन गरे । एक्स्पो उद्घाटन गर्दै मन्त्री थापाले यस क्षेत्र लक्षित गरि कच्चा पदार्थ निर्यात एवं कच्चा पदार्थ उत्पादनको क्षेत्रमा सहयोग गर्न सके मात्र पनि यस उद्योगले ठुलो फड्को मार्ने र सो बाट राज्यले समेत ठुलो राजश्व आर्जन गर्न सक्ने बताए । उनले छाला रहित मासु मात्र बिक्रि वितरणमा ल्याउन सके जुत्ता व्यवसायमा पनि सहयोग पुग्ने विचार व्यक्त गरे । त्यसले मानव स्वास्थ्यलाई पनि राम्रो गर्ने बताए ।

कार्यक्रममा नेपाली जुत्ता घरका संयोजक रामकृष्ण प्रसाईले नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयातलाई न्युनिकरण गर्न सहयोग पुर्याउनु नै यो एक्स्पोको प्रमुख उद्धेश्य रहेको बताए ।

त्यस्तै नेपाली जुत्ता घरका सञ्चालक होमनाथ उपाध्यायले फुटवयर सेक्टरको वर्तमान अवस्थाको बारेमा चर्चा गर्दै राजनीतिक अस्थिरताले मुलुकको आर्थिक क्षेत्र जर्जर भैरहेका बेला जुत्ता उद्योगीहरुको यस्तो सामुहिक प्रयासले अर्थतन्त्रलाई केहि हदसम्म चलायमान बनाउने कोशीस गरेको बताए । कार्यक्रममा नेपाली जुत्ता घरका सञ्चालक एवं फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष रविन श्रेष्ठ, सञ्चालकहरु कृष्ण कुमार फुँयाल, मनोज श्रेष्ठ, ज्ञानेन्द्र दाहाल, नवराज गौतम लगायतको उपस्थीती रहेको थियो ।

आत्मनिर्भरताका क्षेत्रमा उन्मुख नेपाली जुत्ता उद्योगलाई जोगाउन सरकारले बिशेष योजना ल्याएमा थप अन्य उद्योगीहरुमा पनि यस्ता सामुहिक प्रयासका लागि उत्प्रेरणा मिल्नेमा सबैको जोड थियो । एक्स्पोमा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिने भएकाले उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्ने बिश्वास आयोजकको छ ।

शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् । यो एक्स्पोमा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य राखिएको छ ।

गुणस्तरीय एवं आकर्षक जुत्ताहरुलाई विशेष छुटका साथ यो एक्स्पोमा उपलब्ध गराईएको बताइएको छ । यस एक्स्पो उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने आयोजकको विश्वास रहेको छ ।

प्रकाशित मितिः २०७३ पुस १४

वि.सं.२०७३ पुस १४ बिहीवार २२:५४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...