back
NMB ad

नाङ्गै तातोपानीमा नुहाउने जापानी ओफुरो ठमेलमा पर्यटकमाझ लोकप्रिय

Kumari bank ad

काठमाडौं । ‘ओफुरो’ जापानी नाम हो । तातोपानीको आहाल वा पोखरीमा नुहाउने कार्यलाई जापानमा ‘ओफुरो पस्ने’ भनिन्छ । नेपालमा पनि अब यदाकदा ओफुरोको नामहरु सुनिन थालिएको छ । नेपालको सबै भन्दा बढी पर्यटक आउ/जाउ हुने ठमेलमा यो सेवा उपलब्ध छ ।

तातो पानीमा नुहाउने चलन परापूर्वकालदेखि नै सुरु भएको हो । चट्टानहरुबाट निस्केको तातोपानीले नुहायो भने विभिन्न खालका चर्म रोगहरु निको हुन्छ भन्ने चलन नेपाली समाजमा अहिले पनि छ । त्यसैलेतः धर्मकर्मको नाममा वर्षमा एक पटक भएपनि विभिन्न तातोपानी तीर्थस्थलहरुमा नुहाउन जाने परम्परा रहिआएको छ । तर, अब यो परम्परामा समय र परिस्थिति अनुसार परिवर्तन आउन थालेको छ । त्यही तातोपानीमा नुहाउने परम्परा अब नेपालमा पनि ‘ओफुरो सँस्कृति’मा परिवर्तन हुन थालेको छ ।

ओफुरो के हो ?

ओफुरो भनेको ज्याकुजीसँग मिल्दोजुल्दो हुन्छ । तर, यसमा कुनै किसिमको बवल्सहरु (पानीका फोकाहरु) आउँदैनन् । अफुरो भित्रको पानीको तापक्रम सामान्यतया ४० देखि ४५ डिग्रीसेल्सियससम्म हुन्छ । ओफुरो पस्नु अघि एक पटक राम्रोसँग नुहाउनु अनिवार्य मानिन्छ । अफुरो भित्र गईसकेपछि आफ्नो घाँटी भन्दा तलको भागलाई ताातोपानी भित्र डुबाएर आरामका साथ बस्नुपर्दछ । ओफुरोमा ३० देखि ६० मिनेटसम्म बस्नु राम्रो मानिन्छ ।

ओफुरोको फाइदा ?

ओफुरो पस्दा ब्याक पेन, जोइन्ट पेन, सुगर, युरीकएसीड, प्रेसर, वेट लस, मस्कुलर पेनजस्ता रोगबाट मुक्ति पाइन्छ । यो सेवा १० वर्ष भन्दा माथिका सम्पूर्ण मानिसहरुले लिन सक्छन् । चिसो मौसममा यसको लोकप्रियता बढी हुन्छ । शरिरबाट चिसो फाल्न र तन्दुरुस्त हुन ओफुरो बस्छन् । अन्य देशका नागरिकहरुको तुलनामा जापानीहरु धेरै वर्ष बाँच्नुको रहस्य पनि ओफुरो बस्नुलाई लिइन्छ । जापानमा हरेक घरमा ओफुरो हुन्छ र दैनिक ओफुरो नबस्ने जापानीहरु कमै हुन्छन् ।

जापानमा नाङ्गै आफुरो जाने चलन

जापानीहरु आफ्नो घरभित्र एक्लै ओफुरो बस्दा मात्र होइन अरुसँग पनि नांगै नुहाउने चलन छ । सार्वजनिक ओफुरोहरुमा समेत कुनै पनि कपडा लगाएर जान मनाही गरिएको हुन्छ । पहिलो पटक जापानी ओफुरोमा जाने नेपालीहरुलाई यो अनौठो लाग्छ । अझ अचम्मलाग्दो कुरा त के छ भने सार्वजनिक ओफुरोहरुमा महिला र पुरुषको लागि छुट्टाछुट्टै खण्ड रहेता पनि बाबु आमाले आफ्ना छोराछोरीलाई साथमा लिएर जान छुट छ ।

ठमेलमा कहाँ पाइन्छ ?

ठमेलस्थित काठमाडौं गेष्ट हाउस अगाडि रहेको रियल थेरापी एण्ड ब्युटी प्वाईन्टमा ओफुरो सेवा उपलब्ध छ । केही वर्ष अघिबाट सुरुवात गरिएको यो सेवा लिन अहिले विदेशीभन्दा नेपालीहरु बढी पुग्ने गरेको सञ्चालक भवि शर्माको भनाइ छ । पारिवारिक वातावरणमा यो सेवा उपलब्ध गराइने र सेवा सुल्क पनि सामान्य रहेकोले नेपालीहरुको आकर्षण बढ्दो छ । ओफुरो सेवा लिन कुनै पनि सामानहरु लैजानु पर्दैन । आवश्यकता अनुसार चाहिने सबै सामानहरु त्यही उपलब्ध हुन्छ । रियल थेरापीले विभिन्न किसिमका मसाज सेवा, सोना र व्युटि सम्बन्धि सेवाहरु पनि उपलब्ध गराउँछ ।

प्रकाशित मितिः २०७३ पुस १६

वि.सं.२०७३ पुस १६ शनिवार १८:३२ मा प्रकाशित

You can share this post!

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...