back
NMB ad

१ लाख रुपैंयाको कृषक हितकोष स्थापना !

Kumari bank ad

म्याग्दी। म्याग्दीको भकिम्ली–२ छेपारेका बासिन्दाले कृषक हितकोष स्थापना गरेका छन् । छेपारेमा रहेको मिलीजुली कृषक समूहले एक लाख रुपैयाँको कृषक हितकोष स्थापना गरेको हो ।

समूहमा आबद्ध १६ जना कृषकले मासिक रुपमा बचत सङ्कलन र सामूहिक तरकारीखेती मार्फत भएको आम्दानीले कोष स्थापना गरिएको सदस्य रुद्र श्रीसले जानकारी दिए । कोषमार्फत विपन्न समुदायका कृषकलाई मलबीउ खरिदका लागि सहुलियत ब्याजदरमा रकम उपलब्ध गराउने गरिएको छ । कोषबाट हाल सात जनाले वार्षिक १ प्रतिशत ब्याजदरमा ऋण लगेका छन् ।

एक जनालाई एक पटकमा रु पाँच हजारदेखि रु दश हजारसम्म ऋण उपलब्ध गराउने गरिएको छ । उनीहरुले मासिक रुपमा बस्ने बैठकमा प्रतिव्यक्ति रु ५० का दरले समूहमा बचत गर्छन् । सो समूहमार्फत छेपारेमा तीन रोपनी जग्गा भाडामा लिएर सामूहिक तरकारीखेती समेत गरिएको छ । समूहको कोष वृद्धि, अनुभव आदानप्रदान र व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण गर्न सामूहिक तरकारीखेती गरिएको श्रीसले बताए । वार्षिक पाँच हजार रुपैया भाडा तिर्ने गरी जग्गा भाडामा लिइएका हो ।

एक याममा तरकारी बेचेर ३० हजार रुपैयाँसम्म आम्दानी गरेका उनीहरुले खर्च कटाएर पन्ध्र हजार हितकोषमा बचत गरेका छन् । सो जग्गामा उनीहरुले बन्दा, काउली, गोलभेंडालगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । समूहलाई जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा खनजोतमा प्रयोग हुने मिनीटिलर हलो उपलब्ध गराएको छ ।

प्रकाशित मितिः २०७३ पुस १७

वि.सं.२०७३ पुस १७ आइतवार १५:०६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...