back
NMB ad

वर्षे बालीको उत्पादन सुखद, झण्डै ९ लाख ३१ हजार मेटि«क टनले धानको उत्पादन

Kumari bank ad

काठमाण्डौं । यो वर्ष प्रमुख वर्षे बालीहरुको उत्पादन सुखद् रहेको तथ्याङ्कले देखाएको छ । कृषि मन्त्रालयले प्रमुख वर्षे बालीहरुको प्रारम्भिक उत्पादन सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै बर्षे बालीहरुको उत्पादन यस वर्ष सुःखद रहेको जानकारी दिएको छ ।

बाली सम्बन्धि कृषि तथ्यांक शाखाले संकलन गरेको विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बाली उत्पादनका दृष्टिले यो वर्ष सुःखद रहेको बताए । बालीको उत्पादन पूर्वी तराईमा सबैभन्दा सन्तोषजनक रहेको पनि तथ्यांकमा उल्लेख गरिएको छ ।

उनले उन्नत बीउ बीजन, समयमा वर्षा हुनु, मलको उचित व्यवस्थापन हुनु बाली उत्पादन सुखद् हुनुको मुख्य कारण रहेको पनि दावी गरे। तथ्यांकमा धानको उत्पादन गत वर्षको तुलनामा करिव २१ दशमलव ३६ प्रतिशत वृद्धि भएको छ । यो वर्ष झण्डै ९ लाख ३१ हजार मेटि«क टनले धानको उत्पादन बढेको छ ।

कृषि मन्त्रालयले मकैको उत्पादन पनि गत वर्षको भन्दा बढेको दावी गरेको छ । गत वर्ष भन्दा यो वर्ष मकैको उत्पादन पनि १ दशमलव २५ प्रतिशतले बढन गएको उल्लेख गरेको छ । प्रमुख वर्षे बालीहरु कोदो, फापरको उत्पादन पनि गत वर्ष भन्दा केही वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

मन्त्रालयले वर्षेनी बालीहरुको उत्पादन सम्बन्धि तथ्यांक सार्वजनिक गर्दै आएको छ । जमिनको क्षेत्रफल, उत्पादन र उत्पादकत्वलाई आधार बनाएर तथ्यांक बनाउने गरिएको मन्त्रालयले जनाएको छ ।

१८ पुस २०७३, १२।३०

वि.सं.२०७३ पुस १८ सोमवार १२:३३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...