back
NMB ad

नेपाली पयर्टन क्षेत्रमा नयाँ पदमार्गको पहिचान : धौलागिरी स्यान्चुरी ट्रेक

Kumari bank ad

काठमाण्डौं । नेपाली पर्यटनको क्षेत्रमा एउटा नयाँ पदमार्गको पहिचान भएकोछ । धौलागिरी हिमाल प्रथमको दक्षिणी आधार शिविरसम्म पुग्ने यो नयाँ पदमार्ग म्याग्दी जिल्लाको हो । धौलागिरी स्यान्चुरी ट्रेक नाम दिइएको यो पदमार्गको हिजो एक कार्यक्रमका बीचमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले उद्घाटन गरेका छन् ।

शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको अध्येता सुरेन्द्र रानाले बताए। यो पदमार्ग पदमार्ग ४ हजार मिटर उचाइमा छ । म्याग्दी उद्योग वाणिज्य संघको पहलमा सातदिन लामो नयाँ पदमार्ग खुलाएको संघका अध्यक्ष जीवनवहादुर विश्वकर्माले बताए।

नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्स्जि एशोसियसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल, गैरआवासिय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएको संघका अध्यक्ष विश्वकर्माले बताए।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ ।

काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ ।  यो नयाँ पदमार्गको छरीसम्म बस्ती छ । काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न ७ दिन लाग्ने जनाइएको छ।

उद्घाटन कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा संघले धौलागिरी पदमार्गमा खिचिएका तस्बिर तथा भिडियोको समेत प्रदर्शनी गरेको थियो । धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अबस्थामा धौलागिरि सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले बताए।

२२ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २२ शुक्रवार १२:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...