back
NMB ad

युरोप प्रवेश गर्ने आप्रवासी र सरणार्थीको सङ्ख्या किन घट्यो ?

Kumari bank ad

सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ ।

सन् २०१६ मा सो बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या तीन लाख ६४ हजारमा झरेको फ्रन्टेक्सले जनाएको हो । इयुले टर्कीसँग सन् २०१६को मार्चमा गरेको आप्रवासीलाई युरोप प्रवेश नियन्त्रणसम्बन्धी सहमतिपश्चात् सिरियाली आप्रवासी शरणार्थीको ग्रीसलगायतका युरोपेली मुलुकमा प्रवेश गर्ने रफ्तारमा कमी आएको फ्रन्टेक्सले बताएको छ ।

प्रारम्भिक चरणमा भएका अध्ययनअनुसार सन् २०१६ मा ग्रीसको पूर्वी ऐजन क्षेत्रमा पुग्ने शरणार्थी सङ्ख्यामा ७९ प्रतिशत अर्थात् एक लाख ८२ हजार ५०० ले घटेको फ्रन्टेक्सको अध्ययन प्रतिवेदनमा छ । सोही समयमा इटालीको बाटो युरोप प्रवेश गर्ने शरणार्थी सङ्ख्यामा केही वृद्धि देखिए पनि सन् २०१५ को तुलनामा दुवै नाकाबाट प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी कमी आएको देखिएको छ । फ्रन्टेक्सले सन् २०१६ मा इटालीको बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या एक लाख ८१ हजार पुगेको र यो सन् २०१५ को तुलनामा २० प्रतिशतले बढी भएको जनाएको छ । यस वृद्धिमा टर्की भएर ग्रीसको बाटो युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थीको नियन्त्रणले असर पारेको अध्ययनमा जनाइएको छ ।

दोस्रो विश्वयुद्धपछि सन् २०१४ र सन् २०१५ ताका द्वन्द्वग्रस्त सिरिया, यमन, अफगानिस्तानलगायतका मुलुकबाट गरिबी र द्वन्द्वबाट बचाउनका लागि युरोप तथा अमेरिका प्रवेश गर्ने आप्रवासी सङ्ख्याका कारण इयुमा नराम्रोसँग आप्रवासी शरणार्थी समस्या देखिए पनि पछिल्लो समय यसमा नियन्त्रण देखिएको हो ।

प्रकाशित मितिः २०७३ पुस २४

वि.सं.२०७३ पुस २४ आइतवार १४:१८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...