back
NMB ad

डिम्याट खाता खोल्ने र नखोल्नेहरु सबैले जान्नैपर्ने धितोपत्रको यो कुरा !

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि काठमाडौ उपत्यकाबाहिर पनि प्राथमिक सेयर निष्काशनमा आवेदन गर्दा अनिवार्य हितग्राही खाता (डिम्याट) लागू हुने जानकारी गराएको छ । धितोपत्र बोर्डले उपत्यकाबाहिर पनि डिम्याट अनिवार्य गरिने भएकाले डिम्याट खाता खोलिनसकेका लगानीकर्तालाई तुरुन्तै खोल्न सूचित गरेको हो ।

काठमाडौ उपत्यकाभित्र गत साउनबाट नै डिम्याट खाता अनिवार्य गरि लागू गरिसकिएको छ । आगामी माघदेखि देशभरि नै डिम्याट खाता लागू गर्न लागिएको हो ।

त्यस्तै बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पुस १२ मा जारी गरेको सुचनालाई आधार मान्दै डिम्याट एकाउन्ट खोल्दा अनिवार्य बैंक खाता नम्बर उल्लेख गर्न समेत सुझाएको छ । जसले गर्दा प्राथमिक निष्काशनमा शेयर नपरेमा वा आंशिक रुपमा परेमा र सूचिकृत संगठित संस्थाले दिने नगद लाभांश लगानीकर्ताको बैंक खातामा नै जानेछ ।

बोर्डले माघदेखि आस्वा प्रणाली लागू गर्न लागिएको भन्दै आस्वा लागू गर्न बोर्डबाट अनुमति प्राप्त गरेका बैंकहरु मार्फत सेवा लिई लाभान्वित हुन समेत लगानीकर्तालाई आग्रह गरेको छ ।

प्रकाशित मितिः २०७३ पुस २४

वि.सं.२०७३ पुस २४ आइतवार १९:२० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...