back
NMB ad

सेयर बजारमा तपाई कुन वर्गको कम्पनीमा लगानी गर्दैहुनुहुन्छ ?

Kumari bank ad

काठमाण्डौं । अहिले नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारका लागि सूचीकृत भएका कम्पनीहरूसँग उनीहरुको विवरण माग गरेको छ । नेप्सेले कम्पनीको वर्गीकरण गर्नका लागि आवश्यक विवरण मागेको हो । नेप्सेले मागेको विवरण बुझाएपछि नेप्सेले तोकेको मापदण्ड पुरा गरेका कम्पनीलाई क वर्गमा वर्गिकरण गर्न सक्नेछ ।

क वर्गमा पर्न चुक्ता पुँजी कम्तिमा दुई करोड रूपैयाँ भएको, साधारण सेयरधनी संख्या कम्तिमा एक हजार जना भएको अनि सार्वजनिक रुपमा सेयर निष्कासन खुला गरेको हुनुपर्छ ।

यसैगरी, कम्तिमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएका तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा त्यस आर्थिक बर्षको कारोबार र आयव्यय विवरण स्टक एक्सचेन्जमा पेस गरिसकेको कम्पनीलाई नेप्सेले क वर्गमा समावेश गर्छ ।

साथै नेप्सेले तोकेको मापदण्डको आधारमा क वर्गमा नपर्ने कम्पनीहरुले समेत अनिवार्य रुपमा विवरण बुझाउनुपर्नेछ । माघ १० गतेभित्र सूचीकृत कम्पनीले यो विवरण नेप्सेमा पठाइसक्नुपर्नेछ ।

२५ पुस २०७३, १।००

वि.सं.२०७३ पुस २५ सोमवार १३:१६ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...