back
NMB ad

केही गर्ने सोचमा हुनुहुन्छ ? बिजनेस प्लान बनाउनुहोस्, पैसा सरकारले दिन्छ

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय युवा परिषद्ले बेरोजगार युवा लक्षित गरी विभिन्न परियोजनामा सहयोगका लागि व्यावसायिक परियोजना प्रस्ताव माग गरेको छ। संगठित संस्था स्थापना गरी विभिन्न क्षेत्रमा उद्यमको योजनासहित आवश्यक स्रोतका लागि युवा परिषद्मा निवेदन दिन सकिनेछ।


आउँदो फागुन ३ गतेसम्म यु्वा समूहले आफ्ना योजना पेश गर्न सकिने परिषद्को सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। परिषदले ७५ वटै जिल्लाका २४० निर्वाचन क्षेत्रमा ‘एक वडा १० युवा, एक उद्यम’ कार्यक्रम सञ्चालनका लागि परियोजना प्रस्ताव माग गरेको हो।

सहायता प्राप्त गर्नका लागि कृषि, वन, पशुपंक्षी, विज्ञान, सूचना प्रविधि, सञ्चार कला तथा संस्कृति आदिमा कम्तीमा पाँचवर्षे व्यावसायिक योजना पेश गर्नुपर्नेछ। योजनाहरु स्थानीय स्रोतमा आधारित हुनुपर्नेछ।

युवा परिषद्ले जिल्लाको युवा समिति कार्यालयमार्फत व्यावसायिक उद्यम प्रस्तावसहितको निवेदन पेश गर्न सकिने व्यवस्था गरेको छ। एकै वडाका १६ देखि ४० वर्ष उमेर समूहका १० युवाले परियोजना प्रस्ताव पेश गर्न सक्नेछन्।

१० युवामा कम्तीमा पाँच महिला हुनुपर्नेछ। युवा समूह प्रचलित कानुन बमोजिम दर्ता भएको हुनुपर्नेछ। सम्न्धित निकायको संस्था दर्ता प्रमाणपत्र आवश्यक रहनेछ। परियोजना प्रस्ताव र सहायता सम्बन्धी विस्तृत जानकारीका लागि राष्ट्रिय युवा परिषदको वेबसाइट www.nyc.gov.np  हेर्न सकिनेछ।

३ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ३ सोमवार १२:२६ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...