back
NMB ad

७५० मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन स्वीकृति प्रदान

Kumari bank ad

काठमाडौ। ७५० मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले स्वीकृति प्रदान गरेको छ ।

प्राधिकरणको सञ्चालक समितिको बुधबारको बैठकले चिनियाँ प्रवद्र्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गर्दै सोको जानकारी लगानी बोर्डलाई समेत गराउने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सो आयोजना नेपालको उच्च प्राथमिकतामा रहेको र आयोजना अघि बढाउन सरकारको निर्देशनअनुसार नै चिनियाँ लगानीकर्तालाई सञ्चालक समितिबाट आमन्त्रण गरिएको जानकारी दिए ।

पाँच वर्ष अघि आयोजना विकास सम्बन्धमा सरकार र चिनियाँ पक्षबीच प्रारम्भिक सम्झौता भए पनि प्रवद्र्धकले प्रसारण लाइन पुनःस्थापना, मुअब्जालगायत विषयमा नेपालको निर्णय पर्खेको थियो । ७५० मेगावाट क्षमताको र करिब रु एक खर्बलागत लाग्ने सो आयोजनामा ७५ प्रतिशत लगानी थ्रि गर्जेजको र बाँकी प्राधिकरणको हुनेछ । अछाम र डोटीको सीमाना भएर बग्ने सेती नदीमा निर्माण हुने आयोजनाले बढी विद्युत् माग हुने साँझको समयमा सञ्चालनका लागि उपयुक्त आयोजना मानिन्छ ।

प्रकाशित मितिः २०७३ माघ ६

वि.सं.२०७३ माघ ६ बिहीवार १४:१३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...