back
NMB ad

प्रचण्ड सरकारसँग माओवादीकै वकिलहरु रिसाए !

Kumari bank ad

काठमाडौ। सरकारका कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्ता रमन श्रेष्ठले सरकारी कार्यालयहरुमा निजी क्षेत्रबाट कानूनी सल्लाहकारहरु राख्न नपाउन दिएको निर्देशनबाट देशभरिका वकिलहरु रिसाएका छन् । स्वयं माओवादीकै वकिलहरुले पनि आफ्नै पार्टीका महान्यायाधिवक्ताको चर्काे आलोचना गरेका छन् । माओवादीका वकीलहरुले महान्ययधिवक्ताको यो भनाईलाई वाहियात भनेका छन् ।

महान्यायाधिवक्ता श्रेष्ठले विहीबार नेपाल सरकारका मुख्यसचिव, उच्चपदस्थ सरकारी अधिकारी एवं सुरक्षा अंगका प्रमुखहरुलाई भेला गराएर कानूनी सल्लाहकारका रुपमा निजी वकिलहरुलाई नियुक्त नगर्न भनेका थिए ।

यसरी निजी वकिलमार्फत काम गराए महान्ययाधिवक्ताको कार्यालयले ती निकायहरुको मुद्दामा अदालत गएर बहस नगर्ने श्रेष्ठले भनेका थिए । साथै सरकारी निकायले त्यस्ता वकिललाई दिएको पारिश्रमिक बेरुजुअन्तरगत पर्ने श्रेष्ठले चेतावनी दिएका थिए ।

महान्यायाधिवक्ताको यस्तो भनाइ आएसँगै शुक्रबार नेपाल बार एशोसिएसनका पदाधिकारीको अनौपचारिक बैठक बसेको छ । बैठकले महान्यायाधिवक्ताको भनाइमाथि आपत्ति जनाएको छ ।

कानुनका ज्ञाता तथा वकिलहरुले विज्ञको सुझाव लिन पाईन्न भन्नु कहाँसम्म सहि हो भन्दै कडा आपति जनाएका छन् ।

प्रकाशित मितिः २०७३ माघ ७

वि.सं.२०७३ माघ ७ शुक्रवार १५:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...