back
NMB ad

आजैबाट बजारमा आयो करिब ९५ हजार कित्ता सेयर, माघ २४ सम्म किन्न मिल्ने

Kumari bank ad

काठमाण्डौं । अरनिको डेभलपमेन्ट बैंकले ५१ हजार ९० कित्ता साधारण सेयर र ४३ हजार ७ सय ५९ कित्ता संस्थापक सेयरको बोलकबोलबाट बिक्री खुलेको छ । बैंकले गत कात्तिकमा निष्कासन गरेको ३६ प्रतिशत हकप्रदमा नबिकेको सेयरको लिलामी आजैबाट खुलाएको हो ।

बोलकबोल आवेदन सिद्धार्थ क्यापिटल अनामनगर र अरनिको डेभलपमेन्ट बैंक धुलिखेलबाट माघ २४ गते सम्म कार्यालय समयभित्र बुझाउन सकिने बैंकले जनाएको छ ।

बोलकबोल गर्न ईच्छुक लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बोलकबोल गर्नेले एक सय रुपैंयाँ भन्दा धरै मुल्य अंकित गरेर आवेदन दिनु पर्नेछ । बोलकबोल माघ २५ गते तीन बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा खोलिने छ ।

बैंकको सेयर अन्तिम पटक गत असोज ३० गते नेप्सेमा तीन सय ७० रुपैंयाँमा कारोबार भएको थियो । सेञ्चुरी कर्मशियल बैंकसँग एक्वीजीसनमा गएको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिसम्ममा तीन करोड ६७ लाख ३१ हजार रुपैँया खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसैअवधिको भन्दा आफ्नो नाफा झण्डै ८० प्रतिशत बढाएको छ ।

चुक्ता पुँजी ३० करोड १६ लाख ६१ हजार रूपैयाँ रहेको बैंकले बैंकले १७ प्रतिशत बोनस र ३६ प्रतिशत हकप्रदबाट ६ करोड ७२ लाख ७० हजार रुपैयाँले पूँजी वृद्धि गरेको छ ।

१० माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १० सोमवार १०:४७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...