back
NMB ad

बिजुली चोरी काण्ड : ऊर्जामन्त्री र प्राधिकरणका कर्मचारीहरु संसद्को घेरामा

Kumari bank ad

काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणका यसअघिका प्रमुख, ऊर्जा सचिव र ऊर्जा मन्त्रीहरुलाई पनि छानबिनको घेरामा ल्याउनु पर्ने माग संसदमा उठेको छ।  वार्षिक १३ अर्बको बिजुली चोरी गर्ने १२ कर्मचारीलाई हिजो प्रहरीले पक्राउ गरेको समाचारपछि नेपाल मजदूर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले संसदमा बोल्ने क्रममा यस्तो माग राखेकी हुन्।

‘बिजुली चोरीमा ठूला उद्योगी व्यापारी र विद्युत प्राधिकरणका कर्मचारीहरु नै संलग्न भएको महिनाको १०/१२ लाख तिर्नुपर्ने उद्योगी व्यापारीले ५० हजार रुपैयामात्रै तिरे हुने बनाइएको र यस्तो चोरीबाट वार्षिक नौ अर्ब रुपैयाँभन्दा बढी प्राधिकरणको आम्दानी गुमेको सार्वजनिक भएको छु’, उनले भनिन्, ‘बिजुली चोरीमा संलग्न उद्योगी र कर्मचारीको तस्बिरसहित सम्पति सार्वजनिक गर्नुपर्छ र उनीहरुलाई थुनामा राखी मुद्दा चलाइनुपर्छ। यसअघिका प्राधिकरणका प्रमुख, ऊर्जा सचिव र ऊर्जा मन्त्रीहरुलाई पनि छानबिनको घेरामा ल्याइनु पर्छ।’

प्रहरीले आइतबार प्राधिकरणका १२ कर्मचारी र चार व्यवसायीलाई पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये केही कर्मचारी ट्रेड युनियनका नेतासमेत भएको खुलेको छ।

पक्राउ परेका मनिज श्रेष्ठ नेपाली कांग्रेसलाई समर्थन गर्ने कर्मचारी संघका कोषाध्यक्ष, दिलबहादुर श्रेष्ठ केन्द्रीय सदस्य हुन् भने महादेव प्रधान नेकपा एमालेलाई समर्थन गर्ने कर्मचारी युनियनको विद्युत प्राधिकरण इकाईका सल्लाहकार हुन्।

१० माघ २०७३, ३।००

वि.सं.२०७३ माघ १० सोमवार १५:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...