पोखरा । झापालाई हराउँदै नेपाल आर्मी आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले झापालाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। झापालाई हराउन आर्मीका भरत खवास र नवयुग श्रेष्ठले एक एक गोल गरे।
१० माघ २०७३, ३।४०
वि.सं.२०७३ माघ १० सोमवार १६:५३ मा प्रकाशित