back
NMB ad

दिगो पर्यटन सहकारी संस्था ७ औं बर्षमा

Kumari bank ad

काठमाडौं । ठमेल स्थित दिगो पर्यटन सहकारी संस्था लि. ७ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले छैटौं बार्षिक उत्सव वनभोज कार्यक्रमको आयोजना गरी भव्य रुपले मनाएको छ ।

किर्तिपुर स्थित पुष्पलाल पार्कमा आयोजना गरिएको बार्षिक उत्सवमा नेकपा एमालेका पर्यटन विभागका प्रमुख सुर्य थापा, दियो पर्यटन सहकारीका अध्यक्ष चन्द्र रिजाल र नाट्टाका अध्यक्ष मुधुसुधन आचार्यले संयुक्त रुपमा केक काटि बार्षिक उत्सव मनाईएको हो । कार्यक्रममा सहकारी संस्थाका संचालक, संस्थाका सदस्य, पर्यटन व्यवसायीको उल्लेख्य सहभागीता रहेको थियो ।

Digo paryatan cooperative 2

सम्पूर्ण सदस्यहरुको मायाले दिगो पर्यटन सहकारी ७ औं बर्षमा प्रवेश गरेको संस्थाका अध्यक्ष चन्द्रप्रसाद रिजालले बताए । सहकारी पर्यटन क्षेत्रका व्यवसायीलाई समेटेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको बताउँदै रिजालले पर्यटन क्षेत्रमा केही आयाम, केही नयाँ काम सहकारीको माध्यमबाट गरिने बताए । ‘पर्यटन व्यवसायको विस्तार, विकास, सम्वद्र्धन र प्रवद्र्धनका लागि संस्था क्रियाशिल छ’ अध्यक्ष रिजालले भने, ‘पर्यटन व्यवसायमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी संस्थाका सदस्यहरुको सामाजिक र आर्थिक, व्यवसायीक उन्नतीमा संस्था सँधै लागिरहने छ ।’ संस्थाको नियमित कार्यक्रम अनुरुप बनभोज कार्यक्रम आयोजना गरिएको रिजालको भनाई थियो ।

Digo paryatan cooperative 3

पर्यटन व्यवसायीहरुको बीचमा एक आपसमा सहयोग, सद्भाव कायम रहोस् र व्यवसाय संचालन गर्न सहकारीको माध्यमबाट सहज भएको संस्थाका उपाध्यक्ष कृष्णकुमार अर्यालले बताए । ‘दिगो पर्यटन सहकारी धेरै व्यवसायीहरुको सहयोगी बनेको छ,’ उनले भने, ‘पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने विभिन्न खालका व्यवसायहरु सहकारीको माध्यमबाट संचालन गर्ने योजना बनाएका छौं ।’ बनभोज कार्यक्रमले सहकारीका सदस्य–सदस्य बीच जमघट हुने र सद्भाव कायम गर्ने अवसर पनि भएको उनले बताए ।

Digo paryatan cooperative 5‘दिगो पर्यटन सहकारी धेरै व्यवसायीहरुको सहयोगी बनेको छ,’ उनले भने, ‘पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने विभिन्न खालका व्यवसायहरु सहकारीको माध्यमबाट संचालन गर्ने योजना बनाएका छौं ।’ बनभोज कार्यक्रमले सहकारीका सदस्य–सदस्य बीच जमघट हुने र सद्भाव कायम गर्ने अवसर पनि भएको उनले बताए ।

सहकारीले आगामी ४ वर्षे कार्ययोजना बनाई सोही अनुरुप काम गरीरहेको संस्थाका प्रवन्धक मुना दाहालले बताईन । सहकारीले २४ सय सदस्यहरुमाझ १२ करोडको कारोबार गरीरहेको उनले बताईन । सदस्यहरुलाई परेको समस्यालाई समाधान गर्न सहकारी कृयाशिल रहेको दाहालको भनाई थियो ।

सहकारीले आगामी ४ वर्षे कार्ययोजना बनाई सोही अनुरुप काम गरीरहेको संस्थाका प्रवन्धक मुना दाहालले बताईन । सहकारीले २४ सय सदस्यहरुमाझ १२ करोडको कारोबार गरीरहेको छ ।Digo paryatan cooperative 6

२३ माघ २०७२

वि.सं.२०७२ माघ २३ शनिवार १६:४४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...